स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कांग्रेसको भागमा
काठमाडौं । प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सोमबार ११ बजे सपथ ग्रहण हुने कार्यक्रम तय भइसकेको छ । राष्ट्रपति कार्यालयका अनुसार सोमबार ११ बजे प्रधानमन्त्रीका रुपमा ओलीले सपथ लिएका छन् । त्यहीँ अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा कार्यक्रम तय गरेको हो ।
नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीको रुपमा दाबी पेस गरेका ओलीको सोमबार सपथ हुने भएपछि दुई दलबीच मन्त्रालयको भागबण्डा एक चरणमा टुंगिएको छ । साना दललाई पनि सरकारमा समेट्नु पर्ने भएकाले कांग्रेसले गृह र स्वास्थ्य तथा जनसंख्यासहित ९ र एमालेको भागमा अर्थ र शिक्षा, विज्ञान तथा प्रविधिसहित ८ वटा मन्त्रालय पाउने मोटामोटी सहमति भएको छ ।
कांग्रेसका एक नेताका अनुसार दुई दलबीच भएको प्रारम्भिक छलफल अनुसार नेपाली कांग्रेसको भागमा गृहसहित स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिंचाई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद र सहरी विकास मन्त्रालय पाउने भएको छ ।
त्यस्तै एमालेको भागमा अर्थ र शिक्षासहित सञ्चार तथा सूचना प्रविधि, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय पर्ने गरी छलफल भएको ती नेताको दाबी छ । अन्तिम समयमा यी मन्त्रालय हेरफेर हुने पनि उत्तिकै सम्भावना छ ।
कांग्रेसबाट स्वास्थ्य मन्त्रालयका लागि प्रदीप पौडेल, तेजुलाल चौधरी, दीपक खड्का हृदयराम थानीलगायतका नेताहरुको चर्चा छ । कांग्रेस संस्थापन इत्तर पक्षले कम्तिमा ४ मन्त्री पाउनु पर्ने दाबी गरेको प्रदीप पौडल, तेजुलाल चौधरी, हृदयराम थानी, जीवन परिवार र रामनाथ अधिकारीलगायतको नाम मन्त्रीमा पठाउने गरी छलफल चलाले छ । चौधरी र थानी एकपटक मन्त्री भइसकेका छन् भने पौडेल, परियार र अधिकारी नयाँ अनुहार हुन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस