प्रकाशमानको मन्त्रालय टुंगो लाग्दा स्वास्थ्यमन्त्रीमा लफडा


काठमाडौं । नेपाली कांग्रेसबाट नेतृत्व गरेर जाने प्रकाशमान सिंहको मन्त्रालय लगभग टुंगो लागेको छ । प्रकाशमानले उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । त्यस्तै गृह रमेश लेखकले, परराष्ट्र आरजु राणा देउवाले, ऊर्जा दिपक खड्काले वन एनबहादुर शाहीले र कानुन मन्त्रालयको जिम्मेवारी अजय चौरसियाले पाउने गरी टुंगो लागेको छ ।

नेपाली कांग्रेसको भागमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने कसले सम्हाल्ने भन्ने टुंगो लागिसकेको छैन । स्वास्थ्यमा तेजुलाल चौधरी र प्रदीप पौडेलको मुख्य दाबी छ । कांग्रेसबाट मन्त्री बन्नेमा जीवन परियार, हृदयराम थानी, रामनाथ अधिकारीको नाम पनि चर्चामा छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ