चौधरी ग्रुपले हडपेको बाँसबारीको जग्गा सरकारले फिर्ता लियो


काठमाडौं । चौधरी ग्रुपले हडपेको बाँसबारी छाला जुत्ता काराखानाको १० रोपनी सरकारी जग्गा सरकारले फिर्ता लिएको छ । मालपोत कार्यालय डिल्लीबजारले चौधरी ग्रुप अन्तर्गतको सीजी चाँदबाग रेसिडेन्सी प्रालिका नाममा लगेर हिनामिना गरेको बाँसबारीको जग्गा सरकारक नाममा फिर्ता ल्याएको हो ।

कांग्रेस सांसद विनोद चौधरी, बसन्तकुमार चौधरी, अरुणकुमार चौधरीहरुले बाँसबारीको जग्गा हिनामिना गरेको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)देखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । यसैबीच उक्त जग्गा नेपाल सरकारका नाममा फिर्ता ल्याइएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ सिट नम्बर १०२०९४७२१ को कित्ता नम्बर १६ र ५८ चाँदबाग रेसिडेन्सी प्रालिका नाममा रहेको जग्गा मालपोत कार्यालय डिल्लीबजारले सरकारको नाममा फिर्ता ल्याएको हो ।

बाँसबारीको जग्गा लगिएको च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरीको २ हजार १०० कित्ता शेयर थियो भने विनोदकुमार चौधरी, बसन्तकुमार चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान २००/२०० कित्ता शेयर थियो । त्यसको सम्पत्ति अहिले सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ । उक्त जग्गा अहिले नेपाल सरकारका नाममा ल्याइएको हो ।

 

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ