स्वास्थ्य सेवा विभागको महानिर्देशक फेर्ने तयारी, ओलीको रोजाइमा बाराकोटी


काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशक फेर्ने तयारी भइरहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगिता कौशल मिश्रलाई मन्त्रालय फिर्ता बोलाएर त्यहाँ नयाँ व्यक्ति पठाउने तयारी थालेका हुन्।

स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्नका लागि अतिरिक्त सचिव डा. टंक बाराकोटी र डा. विकास देवकोटा लागिपरेका छन्। डा. बाराकोटी प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन्। उनी झापाली हुन्। डा. विकास देवकोटा भने नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग लुम्बिनीमा काम गरेका व्यक्ति हुन्। तर, पोखरेल लुम्बिनीको सत्ताबाट हटेपछि उनले खासै महत्त्व नदिएको पाइन्छ।

स्वास्थ्यमन्त्री पौडेलले ओलीको रोजाइमा परेका बाराकोटीलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाउँछन् कि शंकर पोखरेलको नाम लिने देवकोटालाई हेर्न बाँकी छ। प्रधानमन्त्री ओलीले बाराकोटीलाई महानिर्देशक बनाउन स्वास्थ्यमन्त्री पौडेललाई सन्देश दिएका छन्। यसले देवकोटालाई महानिर्देशक बनाउन त्यति सहज स्वास्थ्यमन्त्री पौडेललाई सहज देखिँदैन।

संगीता अरु भन्दा दस महिना सिनियर चिकित्सक हुन् । उनले विभागमा विगतका महानिर्देशकले लगाएको कालाे दाग मेट्ने कामकाे थालनी गरेकी छन् । स्वास्थ्यलाइ सुधार गर्नु पर्छ भनेर खरायो गतिमा दाैडने कर्मचारी भित्र उनी पर्छिन् । सेटिङ, भेटिङ र डेटिङ बन्द गरेपछि उनका बिरुद्ध केहि बिचाैलीया लागेका छन् ।

यता डा विकास देवकाेटा आफैंमा नराम्रा भने छैनन् । लुम्बिनी प्रदेशकाे स्वास्थ्य सचिव बनिसकेका उनलाइ कसरी काम गर्ने भन्ने ज्ञान छ । कसैलाइ भनी नबिझाउने उनकाे मनपर्ने शैली छ । तर, घुसघुसे बानीले उनको नियतमा सधै शंका रहने अधिकारीहरु बताउँछन् । व्यापारी नै उनलाई महानिर्देशक बनाउन मन्त्रीसँग स्टार हाेटलमा डिल गर्ने परिपाटीले भने हालका मन्त्री पाैडेलकाे लक्ष्य पूरा हुदैनकी भन्ने मुख्य चिन्ता स्वास्थ्य सुधारकाे अभियानमा लागेकाहरुकाे हाे ।

त्यसै गरि डा टंक बराकाेटी सफल चिकित्सकका रुपमा चिनिन्छन् । पुर्वमा बर्षाै काम गरेका उनले जनताको समस्या बाेकेरै काठमाडौं छिरेका हुन् । साेझा डा टंक नियम कानुन भन्दा बाहिर गएर कलम चलाउदैनन् । त्यसैले सरकारले उनलाइ चाहे पनि व्यापारीले नचाहन सक्छ । उता नेविसंघको राजनीति गर्नेहरु बाहिर चलखेलमा लागेर महानिर्देशक बनाउने विषयमा बढि चासाे दिदै हिडेेका छन् ।

स्वास्थ्यमन्त्री पौडेलले उनीहरूकाे ‘पर्फमेन्स’ हेरेर मात्रै गर्नु उचित हुने मन्त्रालय कै अधिकारीहरू बताउँछन्। स्वास्थ्य सेवा विभागको महानिर्देशक फेर्न खोजेका स्वास्थ्यमन्त्री पौडेलले यी कुरामा ध्यान दिन जरुरी रहेको ती अधिकारीहरूको भनाइ छ।

मन्त्रीले  व्यापारी खुसी बनाउन उनिहरुकाे राेजाइमा परेका कर्मचारी हेरफेर गर्ने भन्दा नियम कानुनको परिधिभित्र बसेर जनताकाे हितमा काम गर्ने कर्मचारीलाई सहि ठाउँमा नेतृत्व दिनु पर्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. टंक बाराकोटी, #डा. विकास देवकोटा, #डा. संगिता कौशल मिश्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ