अब, नर्स बन्न विज्ञान विषय अनिवार्य नहुने, जनरल रजिस्टर नर्स कार्यक्रम सुरु हुदै
काठमाडौँ । नेपालमा तीन विद्याको नर्सिङ अध्ययन हुने भएको छ । चिकित्सा शिक्षा आयोगले नेपालमा जनरल रजिस्टर नर्सको कार्यक्रम सुरु गर्ने भएको छ । हाल नेपालमा एसएलसी पछि अध्ययन गर्ने स्टाफ नर्स र प्लस टु मा विज्ञान विषय लिएर बिएसी नर्सिङ गर्ने कार्यक्रम सञ्चालनमा छ ।
आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले नर्सिङको नयाँ कार्यक्रम सञ्चालन गर्ने तयारी भएको बताए । नयाँ कार्यक्रमका रुपमा ल्याएको जनरल रजिस्टर नर्स बन्नका लागि विज्ञान विषय लिन जरुरी छैन । उपाध्यक्ष झाका अनुसार आड्स, कमर्स कुनै पनि विषय लिएर प्लस टु गरेका विद्यार्थीले चाहेमा नर्सिङ पढ्न पाउने छ ।
विदेशमा जनरल रजिस्टर नर्सको व्यवस्था भएको र त्यही पढेन नेपालबाट धेरै जाने भएकाले त्यसलाई आकर्षित गर्न स्वदेशमा जनरल रजिस्टर नर्सको पठनपाठन सुरु गर्न लागिएको हो । तीन वर्षको यो कोर्ष प्रि युनिभरसिटी हो ।
क्याटेगोरी : समाचारट्याग : ##जनरल रजिस्टर नर्स कार्यक्रम सुरु हुदै, ##नर्स, #जनरल रजिस्टर नर्स
तपाईको प्रतिक्रिया दिनुहोस