आरक्षणबाट सहसचिवमा फड्केर ‘सिडिओ’ बनेकाहरू


काठमाडौं। मुलुकका आधा दर्जन बढी जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेकाहरू आरक्षण (कोटा)बाट फड्को हानेर सहसचिव भएकाहरू छन्। एकदेखि तीनपटकसम्म आरक्षण (कोटा)मा फड्को हान्दै सहसचिव बनेकाहरू अहिले प्रमुख जिल्ला अधिकारीको (सिडिओ)को भूमिकामा छन्।

पाँचथरको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, इलामकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला, चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नवलपरासी (बर्दघाट सुस्ता पश्चिमकी) प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायत कोटाबाट सहसचिव भएका व्यक्ति हुन्।

पाँचथरका सिडिओ मंग्राती, चितवनका सिडिओ यादव र बर्दियाकी सिडिओ शर्मा ३ पटकसम्म कोटा प्रयोग गरेर सहसचिव बनेका हुन्।नवलपरासी (बर्दघाट सुस्ता पश्चिमकी) सिडिओ स्किम श्रेष्ठले २ पटक र इलामकी कल्पना श्रेष्ठ तथा रामेछापकी सिडिओ अनिता निरौलाले एकपटक मात्र कोटा प्रयोग गरेको देखिन्छ। कोटा प्रयोग गरेर आएका प्रमुख जिल्ला अधिकारीको कार्यक्षमता तुलनात्मक रूपमा कमजोर रहँदै आएको छ।

कोटाबाट आएका सहसचिवहरु वीरेन्द्र यादव, आस्मान तामाङ, पुष्पराज शाही, आनन्द सारू, मनमाया पंगेनी भट्टराई, मदन भुजेल, उदय रानामगर, चक्रबहादुर बुढा, रामकमार महतो लगायत पनि सिडिओ भएर काम गरिसकेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #अनिता निरौला सहसचिव, #इन्द्रदेव यादव सहसचिव, #कल्पना श्रेष्ठ सहसचिव, #मेखबहादुर मंग्राती, #रुद्रादेवी शर्मा, #सहसचिव स्किम श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ