ओली पछिको प्रधानमन्त्री शेरबहादुर कि आरजु?, ओली भन्छन्, ‘छिट्टै महिलालाई प्रधानमन्त्री बनाउने सोचिरहेको छु’
काठमाडौं। अहिले नेपाल कांग्रेस वृत्तमा परराष्ट्रमन्त्री समेत रहेकी आरजु राणा देउवा प्रधानमन्त्री बन्ने बनेर चर्चा परिचर्चा चल्न थालेको छ। केपी ओली ओलीले दुई वर्षपछि चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसलाई हस्तान्तरण गर्ने कुरा सार्वजनिक भएको थियो। ओली पछाडि कांग्रेसबाट शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने धेरैको अनुमान छ। प्राकृतिक अवस्था हेर्दा हुनुपर्ने पनि त्यहिँ हो। तर, कांग्रेसभित्र भुसको आगो जस्तै फैलिएको हल्ला र शनिबार प्रधानमन्त्री ओलीको अभिव्यक्तिबीच केही तालमेल देखिन्छ।
युथ कनक्लेभ २०२४ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिट्टै महिलालाई प्रधानमन्त्री बनाउने सोचिरहेको अभिव्यक्ति दिए। उपचार गर्न जाँदा भारतमा परराष्ट्रमन्त्री आरजुलाई प्रधानमन्त्री सरहकै सम्मान मिलेको टिकाटिप्पणी भइरहँदा ओलीको अभिव्यक्तिले नेपाली राजनीति र कांग्रेसभित्रको शक्ति संघर्षमा नयाँ तरंग पैदा हुने देखिएको छ।
कांग्रेसभित्रको संस्थापनइत्तर समूहले ओलीपछि आरजुलाई प्रधानमन्त्री बनाउने आशंका गरिरहँदा त्यसलाई बल पुग्ने गरी प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएका हुन्। नेपालमा आधाभन्दा बढी जनसंख्या महिलाको रहेको भन्दै ओलीले आफूले छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोचिरहेको र त्यसका लागि केही तयारी गर्नुपर्ने धारणा राखेका हुन्। उनको अभिव्यक्तिमा धेरै कुरा लुकेको देखिन्छ।
महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख र पहिलो महिला मुख्यसचिव पनि बनाएको कुरा सगर्व सुनाउँदै प्रधानमन्त्री ओलीले आफूलाई ‘शौभाग्यशाली मान्छुे’ को संज्ञा समेत दिन भ्याए। उनले अब महिला प्रधानमन्त्री बनाउन चाहेको समेत बताए। प्रधानमन्त्री ओलीले महिला प्रधानमन्त्री बनाउने बारे भने, ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु । तर, त्यसका लागि अलिकति तयारी गर्नुपर्छ । मैले दुई महिनामा, तीन महिनामा अथवा अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्ने अलिकति मुस्किल हुनसक्छ । तर, छिट्टै बनाउने तयारी बारेमा मैले सोचिरहेको छु।’,
महिलाको ३३ प्रतिशत सहभागितामा पनि आफ्नो राम्रो भूमिका रहेको प्रधानमन्त्री ओलीको दाबी छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस