इनरुवा प्याब्सनद्धारा क्यान्सर पीडित बालकलाई झण्डै साढे तीन लाख सहयोग


काठमाडौं । इनरुवा ५ बलाहा स्थित एक निजी विद्यालयमा अध्यनरत मिर्गौलाको क्यान्सर पीडित बालकलाई निजी तथा आवासिय विद्यालय संगठन इनरुवाले साढे तीन लाख उपचारका लागि सहयोग गरेको छ । इष्ट पोइन्ट इङलिस स्कुल इनरुवा ५ मा अध्यनरत बालकलाई मिर्गौलामा क्यान्सर देखिएपछि इनरुवा प्याब्सनले नगरक्षेत्रमा रहेका सवै विद्यालयका विद्यार्थी र शिक्षकहरुसँग सहयोग संकलन गरि बिरामी बालकका अभिभावकलाई हस्तान्तरण गरेको हो ।

इनरुवा ५ निवासी दिपक पोखरेल तथा दिपा केसी पोखरेलका छोरा इसान पोखरेलको मिर्गौलामा क्यान्सर देखिएपछि कान्ती बाल अस्पतालमा भर्ना गरेर उपचार गराउने क्रममा आर्थिक अभाव भएपछि इनरुवा प्याब्सनले सहयोग संकलन गरेको हो । बिरामी बालककी आमा दिपा केसी पोखरेल सोही विद्यालयमा शिक्षकका रुपमा कार्यरतसमेत रहेकाले इनरुवा प्याब्सनले आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गराउन नसक्ने अवश्था आएपछि सहयोग जुटाएको हो ।

सुनसरी प्याब्सनका पूर्वअध्यक्ष तथा सहयोग संकलन समितिका संयोजक बिष्णु कोइराला, इनरुवा प्याब्सनका अध्यक्ष रमेश गुरागाई, सचिव गंगाराम मण्डलसहितका प्याब्सनका पदाधिकारी सदस्यहरुले बिरामी बालकका हजुरबुवा सुबास पोखरेललाई ३ लाख ३२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन । संयोजक कोइरालाले प्याब्सनले इनरुवामा विभिन्न समयमा जीवन रक्षाका लागि उपचार गर्न रकम अभाव भएका शिक्षकहरु र विद्यार्थीलाई रकम संकलन गरेर उपचारमा सहयोग गरेको बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ