डा विकासको एक्लो जोडबलमा राप्तीमा एमबीबीएस


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको एक्लो प्रयासमा राप्तीमा एमबीबीएस पढाई हुने भएको छ ।

डा विकासको एक मात्रै चाहना राप्तीमा एमबीबीएस पढाई सुरु गर्नु थियो । धेरै नबोल्ने स्वभावका देवकोटा जसरी पनि यस वर्ष दाङमा एमबीबीएस पढाई सुरु गर्ने भन्दै भित्रभित्र वातावरण बनाइरहेका थिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएसको करिकुलम विकास गर्न निरन्तर छलफल र बैठक गर्दै आएका थिए । तर, राप्ती, मधेश र पोखराले भने यसैवर्ष बाजी मारेका छन् ।

चिकित्सा शिक्षा आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) तर्फ प्रति कलेज ५० सिटका दरले निर्धारण गरेको छ । यससँगै चिकित्सा शिक्षा आयोगको स्थापना पछि सम्भवत पहिलो पटक सरकारी प्रतिष्ठानले एमबीबीएस कार्यक्रम पाएको हो ।

एमबीबीएस कार्यक्रम सञ्चालन गर्न नदिन मन्त्रालय भित्रबाट ठुलो शक्ति लागेको थियो । नयाँ एमबीबीएस कार्यक्रम सञ्चालनका लागि  न्यून मात्र बजेट थियो । स्रोत सुनिश्चितता नहुदाँ एमबीबीएस कार्यक्रम सञ्चालन हुने थिएन ।

राप्तीको मात्रै अगाडि बढाएर पनि सम्भव थिएन । तर,  देवकोटाले जसरी पनि अर्थमा भिडेर एमबीबीएस कार्यक्रमको लागि स्रोत सुनिश्चितता गराए । अर्थले स्रोत सुनिश्चित गरेपछि राप्तीमा एमबीबीएसका लागि ५० सिट निर्धारण भएको हो । डा देवकोटा दाङ निवासी भएकाले पनि उनका लागि यो निर्णय गराउँनु गर या मरको अवस्थामा थियो ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ