सहसचिवको नेतृत्वमा स्वास्थ्य मन्त्रालयले खोज्न थाल्यो जग्गा
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रशासन महाशाखाका प्रमुख (सहसचिव)को नेतृत्व जग्गा खोज्न थालेको छ ।विभाग, केन्द्र, अस्पताल, प्रयोगशालाका जग्गाको संरक्षणका लागि मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा एक समिति गठन गरी जग्गा खोज्न थालेको हो।
मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूको नाममा रहेका जग्गाको विवरण, उपयोगको अवस्था समेतका विवरण १५ दिनभित्र मन्त्रालयमा पठाउन समेत पत्राचार गरेको छ। मन्त्रालय अन्तर्गतका जग्गाको संरक्षण र उचित व्यवस्थापनका लागि मन्त्रालयबाट गरिएका प्रयासलाई सार्थक बनाउन सबै वर्ग/क्षेत्रको सहयोग उत्ति नै आवश्यक भएको भन्दै अतिक्रमणमा रहेका वा दुरूपयोग भएको सूचना दिन पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।
‘जग्गा अतिक्रमण वा अन्य कुनै तरिकाले दुरूपयोग भएको थाहा भएमा सोको सूचना स्वयं मन्त्रालयमा आई वा पत्राचारद्वारा वा यस मन्त्रालयका शाखा अधिकृत श्री बद्रीराज ढकालको मोबाइल नं. ९८५१२६४५५५ मा फोन गरी वा यस मन्त्रालयको इमेल ठेगाना info@mohp.gov.np मा पठाइ सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा मन्त्रालय हार्दिक अनुरोध गर्दछ,’ मन्त्रालयद्वारा विज्ञप्तिमा भनिएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस