गृह मन्त्रालयमा भित्रिए ५ जना सहसचिव


काठमाडौं। गृह मन्त्रालयमा ५ जना सहसचिव भित्रिएका छन्।  प्रदेश र विभिन्न मन्त्रालयबाट ५ जना सहसचिव  गृह मन्त्रालयमा भित्रिएका हुन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाल गृह मन्त्रालय भित्रिएका छन्। उनी यसअघि काठमाडौंको प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख भइसकेका व्यक्ति हुन्।

गण्डकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सचिव प्रकाश पौडेल प्रकाश पौडेल गृह मन्त्रालय भित्रिएका छन्। उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोग, वाणिज्य विभाग, राजस्व अनुसन्धान विभागका महानिर्देशक भइसकेका व्यक्ति हुन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सहसचिव सुमन घिमिरेलाई गृह मन्त्रालय सरुवा गरिएको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सहसचिव उमेशकुमार ढकाल पनि गृह भित्रिएका छन्। उनी पनि विभिन्न विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी भइसकेका व्यक्ति हुन्। पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा पनि गृह मन्त्रालय सरुवा भएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #उमेशकुमार ढकाल, #गोविन्दप्रसाद रिजाल, #प्रकाश पौडेल, #श्यामकृष्ण थापा अपांग, #सुमन घिमिरे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ