दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं। मेडिकल व्यवसायी दुर्गाप्रसाईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। विद्युतीय कारोबार ऐन अनुसार (साईबर क्राइम)मा अनुसन्धान गर्न उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।

प्रहरीको साईबर ब्युरोले प्रसाईलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको छ। बुधबार जिल्ला न्यायाधीश महेन्द्रराज काफ्लेकाे इजलासले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएकाे हाे। ब्यूरो स्रोतका अनुसार प्रसाईलाई पक्राउ गर्ने तयारी भइरहेको हो।

ब्युरोले विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न अगाडि बढाउन जिल्ला अदालत काठमाडौंसँग अनुमति मागेको थियो। अदालतले प्रसाईंसहित धादिङका प्रकाशचन्द्र दाहाल र बाग्लुङका जीवन पाण्डेविरुद्ध पनि पक्राउ गर्न अनुमति दिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ