सहकारी ठगीमा रवि लामिछाने तथ्यको गिरफ्तारीमा परिसकेको सूर्य थापाको दाबी

युक्रेनका राष्ट्रपति जिलेन्स्की जस्तो नबन्न लामिछानेलाई थापाको चेतावनी


काठमाडौं। रवि लामिछाने भ्रममा बाँचिरहेको भन्दै संयोजक थापाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका संयोजक सूर्यबहादुर थापा क्षेत्रीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथ्यको गिरफ्तारीमा परिसकेको दाबी गरिसकेका छन्। रवि लामिछानेले सहकारी ठगीमा सफाइ पाएको चर्चाकाबीच थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।

रवि लामिछानेले सार्वजनिक ‘फोरम’बाटै आफूले सहकारी ठगीमा सफाइ पाएको र प्रमाण नपुगेको अभिव्यक्ति दिएको भन्दै थापाले आपत्ति जनाए। उनले युक्रेनका राष्ट्रपति जिलेन्स्कीका जस्ता कुरा गर्न छाड्न पनि लामिछानेलाई सुझाव दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले प्रतिवेदनमाथि गरिरहेको टिप्पणीलाई लिएर थापाले लामिछानेले सबैलाई ढाँट्न सिकाइरहेको उनको आरोप छ । जिलेन्स्कीले युक्रेनलाई बबार्द बनाएको स्मरण गराउँदै थापाले लामिछानेलाई पनि जिलेन्स्कीसँग दाजेका हुन्।

रवि लामिछाने तथ्यको गिरफ्तारी र कठघरामा उभिसकेको बताउँदै संयोजक थापाले ६५ करोड सहकारीको रकम खर्च गर्ने कुरामा चेक काट्ने गोर्खा नेटवर्क मिडियाको प्रबन्ध निर्देशक रवि लामिछाने भन्ने कुरा तथ्यले स्थापित भइसकेको स्पष्ट पारे।

थापाले अन्टसन्ट बोल्न र स्टन्ट गर्न छाडेर तथ्य स्वीकार्न र कानुनको सामना गर्न लामिछानेलाई आग्रह गरेका छन्। समितिका संयोजक थापाले भने, ‘उहाँ पब्लिक अडिटमा हुनुहुन्छ तथ्यबाट पक्राउ परिसक्नु भयो। तथ्यको गिरफ्तारीमा परिसक्नु भयो। उहाँले लुकाएका कुरा कुनै लुकेका छैनन्। खुलुस्त भइसके। कठघरामा उहाँ उभिसक्नु भयो। ६५ करोडको चाहिँ खर्चको सहकारीको रकम खर्च गर्ने कुरामा चेक काट्ने चाहिँ गोर्खा नेटवर्क मिडियाको प्रबन्ध निर्देशक रवि लामिछाने भन्ने कुरा तथ्यले स्थापित गऱ्यो। अनि के अन्टसन्ट कुरा त अब। अब स्टन्टले काम गर्दैन। अन्टसन्टले केही काम गर्दैन। तथ्य स्वीकार्ने हो। कानुनको सामना गर्ने हो।’,

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ