दुर्गा प्रसाईको बचाउमा देशभर चक्काजाम गर्न उर्दी


काठमाडौं। पक्राउ पर्न लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईको बचाउन देशभर चक्काजाम गर्न उर्दी जारी गरेका छन्। बुधबार काठमाडौं जिल्ला अदालतले प्रहरलाई पक्राउ गर्न अनुमति दिएका प्रसाईको बचाउमा नागरिक बचाउ महाअभियानले शुक्रबार देशभर चक्काजाम गर्न उर्दी जारी गरेको हो।

कपाेकल्पित र झुटा मुद्दा जाहेर गर्दै पक्राउ पुर्जी जारी गरि राज्यले दमन कार्यनिति अपनाएको भन्दै नागरिक बचाउ महाअभियानका तर्फबाट देशभर चक्काजाम गर्न उर्दी जारी गरिएको छ। पक्राउको घाेर भत्षर्ना गर्दै साे नीति सरकारले तत्काल फिर्ता नलिए असाेज ३ गते देशैभर विरोध सभा राँकेजुलुस, विराेध प्रदर्शन र  असाेज ४ गतेबाट देशैभर चक्काजाम, विराेध सभा, धर्नालगायतका कार्यक्रम अघि बढाउनु हुन सबै नगर, जिल्ला, अञ्चल तथा केन्द्रीय पदाधिकारीलाई यसै अभियानले एक प्रेस विज्ञप्तिमार्फत आह्वान गरेको छ।

 प्रेस विज्ञप्ति

नागरिक बचाउ महाअभियान सम्बन्ध सबै जिल्ला, नगर तथा केन्द्रीय पदाधिकारीज्यूहरू ।

गरिब, सर्वहारा र भुइँ मान्छेका साथै किसान यातायात मजदुर उत्पिडित बर्गकाे मुक्तिका लागि हाम्रो अभियानले बिगत २ बर्ष अघिदेखि शान्तिपूर्ण आन्दाेलनमार्फत लाखौं जनताको जिउ धनकाे रक्षा गरि नागरिकलाई ऋणको भय र त्रासबाट बचाउ सफल भएको कुरा सबै मा सर्वविदितै छ।

यसरी राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिकाे जीवन रक्षार्थ शान्तिपूर्ण रुपमा चालिएको आन्दाेलनलाई दमन गर्दै गणतन्त्रको नै उपहास हुने गरि नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताकाे हनन गर्दै हाम्रो अभियानका केन्द्रीय संयाेजक श्री दुर्गा प्रसाइज्यू साथै संञ्चारकर्मी श्री प्रकाशचन्द्र दहाल र जीवन पाण्डेज्यू माथि कपाेकल्पित र झुटा मुद्दा जाहेर गर्दै पक्राउ पुर्जी जारी गरि राज्यले दमन कार्यनिति अपनाएको छ। यसको घाेर भत्षर्ना गर्दै साे नीति सरकारले तत्काल फिर्ता नलिए आज मिति २०८१ साल असाेज ३ गते देशैभर विरोध सभा, राँकेजुलुस, विराेध प्रदर्शन र भोलि मिति २०८१ असाेज ४ गतेबाट देशैभर चक्काजाम, विराेध सभा, धर्नालगायतका कार्यक्रम अघि बढाउनु हुन सबै नगर, जिल्ला, अञ्चल तथा केन्द्रीय पदाधिकारीज्यूहरूलाई यसै विज्ञप्तिमार्फत हार्दिक आह्वान गर्दछौं।

             नागरिक बचाउ महाअभियान केन्द्रीय कार्यालय

         काठमाडौ, नेपाल

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ