डा. टोकराज पाण्डेसहित ५७ जना सहकारी छानबिन समितिको सोधपुछ सूचीमा


काठमाडौं। सूर्यबहादुर थापा क्षेत्री संयोजकत्वमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारी विभागका पूर्वरजिष्ट्रार डा. टोकराज पाण्डे, पूर्वगृहमन्त्री रवि लामिछानेसहित ५७ जनालाई सोधपुछ गरेको छ। हाल गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख रहेका डा. पाण्डेसहित ५७ जना समितिको सोधपुछमा परेका हुन्। पाण्डेसहित सहकारी विभागका पूर्वरजिष्ट्रार नमराज घिमिरे र झलकराम अधिकारी पनि समितिको सोधपुछको सूचीमा परेका छन्।

बागमती प्रदेशका सहकारी हेर्ने पूर्वरजिष्ट्रार नारायणप्रसाद ज्ञवाली र बिक्रमप्रसाद पाण्डे पनि समितिको सोधपुछ सूचीमा परेका हुन्। पूर्वगृहमन्त्री रवि लामिछाने, छविलाल जोशी, कुमार रम्तेल, राजबहादुर सिंह, विपिनकुमार आचार्य, इच्छाराम तामाङ, सुरेन्द्र भण्डारी, सुधिर बस्नेत, दिपेशकुमार पुन, रामकृष्ण चौलागाई, देवकुमार नेपालीलगायत ५७ जना समितिको प्रतिवेदनको सोधपुछ सूचीमा समेटिएको छ।

हेनुहोस् समितिले सार्वजनिक गरेको सूची

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ