सुरक्षित गर्भपतनका लागि भरतपुर महानगरपालिकाले सचेतना फैलाउछ: उपमेयर अधिकारी


चितवन: भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले सुरक्षित गर्भपतनका लागि भरतपुर महानगरपालिकाले सचेतना फैलाउने बताए। असुरक्षित गर्भपतनलाई रोक्न र सुरक्षित गर्भपतनमा ध्यान दिन महानगरपालिकाले विशेष सचेतना फैलाउने उनको भनाइ छ।

स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको सुरक्षित गर्भपतनका लागि जवाफदेहिता मिडिया सचेतना कार्यक्रममा उपमेयर अधिकारीले उक्त धारणा राखेका हुन्। चितवन काठमाडौं पछिको दोस्रो मेडिकल सिटी भएकाले १५ शय्याभन्दा बढीका २१ वटा अस्पताल रहेको उनले बताए। दुईवटा मेडिकल कलेज, भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रहेको उनले जनाए।

प्राथमिक स्वास्थ्य केन्द्रसहित विभिन्न स्वास्थ्य संस्था रहेको सुनाउँदै उनले छिट्टै नगर अस्पताल पनि बनाउने बताए। भरतपुर महानगरपालिकाका २१४ जना स्वास्थ्य महिला स्वयंसेविका खटाएको जनाए। स्वास्थ्य स्वयंसेविकालाई थप सुविधा उपलब्ध  गराउन पनि उपमेयर अधिकारीले बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ