असुरक्षित गर्भपतन गराउँदा मानवीय क्षति भइरहेको छ: स्वास्थ्यमन्त्री थापा


चितवन: बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले असुरक्षित गर्भपतन गराउँदा मानवीय क्षति भइरहेको बताए। उनले असुरक्षित गर्भपतन रोक्नका लागि बागमती प्रदेश सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए। स्वास्थ्यमन्त्री थापाले सुरक्षित गर्भपतन गराउन विशेष जोड दिएका छन्।

स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको सुरक्षित गर्भपतनका लागि जवाफदेहिता मिडिया सचेतना कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री थापा यस्तो धारणा राखेका हुन्। सुरक्षित गर्भपतनका लागि प्रदेश सरकारले जिल्ला जिल्लामा जनचेतना फैलाउने उनको भनाइ छ।

प्रदेश सरकारले आवश्यक कानुन र जनस्तरमा सुसूचित गर्नका लागि भूमिका खेल्ने मन्त्री थापाको भनाइ छ। उनले अस्थायी साधन प्रयोग गर्ने विषयमा पनि ध्यान दिनुपर्ने बताए। मातृ मृत्युदर घटाउन पनि प्रदेश सरकारले काम गरिरहेको मन्त्री थापाले जानकारी दिए

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ