रवि लामिछानेलाई जेल हाल्न तम्सिएका डा. ढकाल
काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले लामिछाने जेल जाने निश्चित भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत उक्त दाबी गरेका हुन्।
डा. ढकालले सहकारीको विषय लगभग टुँग्गिन लागेको भएपनि राहदानी दुरूपयोगको विषय बाँकी रहेको भनेका छन्। राहदानी दुरुपयोगको प्रशंग कोट्याउँदै ढकालले लामिछानेको दोहोरो राहदानीको मुद्दा टुँगो लागे लामिछानेले आजीवन निर्वाचन लड्न नपाउने पनि ठोकुवा गरेका छन् । ढकालको लाइन जसरी पनि लामिछानेलाई जेल हाल्ने रहेको देखिन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस