अन्तर्राष्ट्रिय विमानस्थल अनुगमनमा गृहसचिवले स्टन्ट देखाएनन्, मन्त्रीसँगै पछि लागेर गए
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमनका लागि गृहमन्त्री र गृहसचिव एकसाथ पुगेका छन्। गृहमन्त्री रमेश लेखकको साथमा पछि लागेर गृहसचिव गोकर्णमणि दुवाडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनुगमनका लागि पुगेका हुन्। यस अघिका केही गृहसचिवले आफू नै मन्त्री र राजनीतिक हुँ भनेर जसरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमनका लागि एक्लै गएर स्टन्ट देखाएका थिए। मन्त्रीलाई नै बाइपास गरेर रवाफ देखाउने ती गृहसचिवलाई पाठ सिकाउँदै दुवाडी मन्त्री लेखकको साथमा विमानस्थल अनुगमनमा पुगेका हुन्।
मन्त्रीले नेतृत्व गर्ने भएकाले त्यो निकायलाई मन्त्रालय भनिएको हो। सचिवले नेतृत्व गर्ने त सचिवालय हो। त्यसैले मन्त्री नै मन्त्रालयको नेतृत्वकर्ता हो। सचिव त केवल मन्त्रीको नीति र निर्देशन कार्यान्वयन गर्ने सहजकर्ता मात्र हो। गलत निर्देशन भए यसकारण कार्यान्वयन गर्न सकिँदैन भनेर सचिवले मन्त्रीलाई भन्न सक्छ। तर, केही सचिवहरुलाई मन्त्री नै मै हूँ भन्ने भुत सवार भएको पनि देखियो। यस्ता स्टन्टबाट पर रहने नै सफल प्रशासक हो। स्टन्ट देखाउने र मन्त्री नै जस्तो बन्ने भए राजीनामा दिएर राजनीतिमा आउने र चुनाव जितेर मन्त्री हुने अनि त्यस्तो काम गर्ने हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस