सरकारले सबै परीक्षा स्थगित गर्ने निर्णय गऱ्यो, मेडिकल काउन्सिलको के होला?


काठमाडौं। सरकारले हाल सञ्चालित सबै परीक्षा स्थगित भएको छ। सरकारले अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएका हाल भइरहेका परीक्षा स्थगित गर्ने निर्णय भएको हो। प्रधानमन्त्री कार्यालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय लिएको हो ।

कुन-कुन परीक्षा स्थगित गर्ने भनेर शिक्षा मन्त्रालयलाई सूचना जारी गर्न निर्देशन दिइएको। यो निर्णयसँगै आईतबार, सोमबार र मंगलबार सञ्चालन हुन गइरहेको नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पनि स्थगित हुने सम्भावना छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ