४ वटा बोटको सहायतामा उद्धार कार्य जारी


काठमाडौं। बिहीबार बेलुकादेखि निरन्तर वर्षका कारण काठमाडौँको जनजिवन निकै कष्टकर बनेको छ । ४ वटा बोटको माध्यमबाट बाढीका कारण अलपत्र परेका मानिसहरूको उद्धार कार्य जारी छ । अहिले ललितपुरको बालकुमारी हाउजिङ र कर्म नासा खोलामा अलपत्र परका मानिसको उद्धार कार्य सफल भएको छ । यस्तै कालीमाटी पुल नजिकैको वस्ति बाट १७ जनाको उद्धार गरेको छ ।

बल्खु, संखमुल, कुलेश्वर आसपासमा अलपत्र परेका मानिसहरूलाई उद्धार गर्ने कार्य जारी छ । स्वयम्भूमा रुख ढलेर बाटो अवरुद्ध भएको अवरोध हटाएर बाटोलाई सुचारु गरेको । यस्तै सिफल भण्डारेश्वर नजिकै गएको पहिरोका कारण समस्यामा परेका मानिसलाई उद्धार भएको काठमाडौं महानगर प्रहरी बलले जनाएको छ। साथै पहिरो रोकथामका लागि ३ वटा त्रिपालले पानीलाई अन्यत्र नै फक्याईएको छ ।

यस्ता विपदमा आफू र परिवारलाई बचाउनु तथा आपतमा परेकालाई जोगाउने हरेक नागरिकको दायित्व भन्दै काठमाडौं महानगर प्रहरी बलले आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै विपद् सामना गर्न पूर्व तयारी गर्नु पर्ने आवश्यकता औल्याए छ।

जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए काठमाडौँ महानगरपालिकाका हटलाइन्हरु १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराउन नगर प्रहरी अनुरोध गरेको छ। साथै आपतकालीन अवस्थाहरूमा अस्पताल जानु परे निःशुल्क एम्बुलेन्स प्रयोग गर्न १०२ मा फोन गर्न समेत आग्रह गरेको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ