आईतबारदेखि ३ दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको अनुरोध
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आईतबारदेखि लगातार ३ दिन विद्यालय बन्द गराउन स्थानीय तहलाई अनुरोध गरेको छ। शनिबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त अनुरोध गरेको हो।
‘विद्यालय भवनमा आकस्मित व्यवस्थापन समेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध छ।’, शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाललाई विश्वविद्यालय परिषद्लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन परिवेश आंकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको हुँदा सोबमोजिम गर्न शिक्षा मन्त्रालय आग्रह गरेको छ। देशभर भएको अविरल वर्षाबाट विभिन्न स्थानमा भौतिक र मानवीय क्षतिका विवरण आइरहेकोले देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएकोले परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयले अनुरोध गरेको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस