चिकित्सकको लाइसेन्स परीक्षा स्थगित नहुने
काठमाडौं। असोज १३ गते आईतबारदेखि १५ गते मंगलबारसम्म सञ्चालन हुन गइरहेको नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा स्थगित नहुने भएको छ। नेपाल सरकार र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शनिबार विश्वविद्यालय, परिषद्लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन परिवेश आंकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको हुँदा सोबमोजिम गर्न शिक्षा मन्त्रालय अनुरोध गरेको थियो। तर, नेपाल मेडिकल काउन्सिल पूर्व निर्धारित सूचना अनुसार नै आईतबारदेखि ७० औं चिकित्सा दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन हुने सूचना जारी गरेको छ।
‘प्राकृतिक विपद्का कारण उक्त परीक्षामा संलग्न हुन नसकेका परीक्षार्थीहरूको हकमा यथाशीघ्र वैकल्पिक व्यवस्था गरिने समेत व्यहोरा जानकारी गराइन्छ।’, रजिष्ट्रार डा. सतिसकुमार देवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस