लुम्बिनी प्रदेशका ३ सचिवले जिम्मेवारी पाए


काठमाडौं। लुम्बिनी प्रदेशका ३ सचिवले जिम्मेवारी पाएका छन्।सोमबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले संघबाट सरूवा भएर लुम्बिनी प्रदेशमा गएका ३ जना सहसचिवलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

कलकत्ताको महावाणिज्यदूतबाट फर्किएर लुम्बिनी प्रदेश पुगेका सहसचिव ईश्वरराज पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको जिम्मेवारी दिने निर्णय भएको छ। उनी निकै ढिलो गरेर लुम्बिनी प्रदेश गएका हुन्। प्रदेश नजान पौडेलले आलटाल गरेपनि अन्ततः गएका छन्। लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्ण पौडेल सरुवा भएर थारू आयोग आएका छन्।

सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीबाट लुम्बिनी प्रदेश पुगेका भुपेन्द्र थापालाई महिला, बालबालिका तथा जेष्ठ नागरिक सचिवको जिम्मेवारी पाएका छन्। मन्त्रिपरिषद्को बैठकले उनलाई उक्त मन्त्रालयको सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

त्यस्तै प्राविधिक सहसचिव भीमार्जुन पाण्डेले लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। संघबाट गएका सहसचिवलाई प्रदेश सरकारले व्यवस्थापन गरेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ