गृहमन्त्रीमाथि मनोज गजुरेलको व्यंग्य ‘सबैले भाइबर चलाउँदैनन्’
काठमाडौं। गृहमन्त्री रमेश लेखेको अभिव्यक्तिलाई लिएर मनोज गजुरेलले व्यंग्य गरेका छन्। मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक गृहमन्त्री रमेश लेखक ‘विपद् आउँदैछ भनेर ५५ हजार व्यक्तिलाई भाइबर सन्देश पठाएका थियौं !’ भन्ने अभिव्यक्ति दिएपछि गजुरेलले सबैले भाइबर नचलाउने व्यंग्यात्मक टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, ‘महोदय, सबै नेपाली इन्टरनेटको पहुँचमा छैनन् । भएका सबैले भाइबर चलाउँदैनन् । कोही ह्वाट्सएप चलाउँछन्, कोही मेसेन्जर । कोही इमो, कोही इन्स्टा, कोही नेपाल टेलिकम, कोही एनसेल, कसैले यो, कसैले त्यो प्रयोग गर्छन् । अनि, भाइबरमा पठाइएको सन्देश सबैले हेर्छन् भन्ने पनि छैन ।’,
‘हेर्नेले पनि पत्याउँछन् भन्ने छैन । सरकारी सन्देश पत्याईसक्नु भए पो पत्याउनु ! ‘मौसम सफा रहन्छ’ भनेको दिन झरी पर्छ । ‘जनहितमा कटिबद्ध’ भनिएको दिन जनता कुटिन पर्छ । ‘उद्धार’ उधारोमा हुन्छ। ‘राहत’मा रात पारिन्छ !’, सरकारको काम नै पत्याईसक्नु छैन, जनताले कुरा पत्याईदिनु पर्ने !? ‘,
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस