राष्ट्रिय विपत्तिमा पञ्चेबाजामा रमाएको भन्दै मुख्यसचिव अर्यालको चर्को आलोचना
काठमाडौं। मुलुकमा बाढीपहिरोको राष्ट्रिय विपत्ति परेका बेला मुख्यसचिव एकनारायण अर्याल गृह जिल्लामा पञ्जेबाजामा रमाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।
ललितपुरको नख्खु खोलाले मान्छे बनाउदा र धादिङको झ्याप्ले खोलाले मान्छेसहितको यात्रुबाहक बस पुर्दा मुख्यसचिव अर्याल स्याङ्जाको आँधीखोलामा पञ्चेबाजासहित खुसियाली मनाइरहेको थियो। त्यो दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ।
स्थायी सरकार भनेर चिनिने कर्मचारी प्रशासनका सर्वोच्च कमाण्डर मुख्यसचिव अर्याल देशमा विपत्ति आउँदा र नागरिकले ज्यान गुमाइरहँदा पञ्चेबाजासहित सम्मान थाप्न व्यस्त भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको हो। देश बाढीपहिरोको प्राकृतिक विपद्मा परेका बेला मुख्यसचिव अर्याल श्रीमती मायादेवी अर्यालसहित गृह जिल्ला स्याङजामा फूलमाला, अबिर र खादाले सजिएर उत्सव मनाइरहेको देखिन्छ। उक्त दृश्यलाई लिएर सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको हो।
ट्वीटर (एक्स) प्रयोगकर्ता समाजशात्री निर्मला ढकालले ‘विपद्मा बाजा बजाएर नाच्न जाने मुख्यसचिव भन्ने बुख्याचाचालाई राज्यले किन पाल्नुपर्यो?’, भनेर प्रश्न गरेकी छिन्। ‘तर पनि प्रधानमन्त्री, गृहमन्त्री र मुख्यसचिवको बेजोड संगम ईतिहासमा कमै होला। तीन पत्रु र चटकेको मिलनले देश अझै कति तन्नम हुने हो। लाजको पसारो।’, भनेर टिप्पणी गरेकी छिन्। ढकालको उक्त टिप्पणीमा धेरैले समर्थन जनाएका छन्। उनीहरुले पनि मुख्यसचिवको चर्को आलोचना गरेको देख्न सकिन्छ।
पत्रकार गजेन्द्र बुढाथोकीले एक्समा लेखेका छन्, ‘झापाली प्रधानमन्त्री, स्याङ्जाली मुख्यसचिव। मुख्यसचिव इलाका प्रशासन कार्यालयको उद्घाटन गर्ने कार्यक्रम मिलाएर गृहको खर्चमा गृह जिल्ला सवारी भएका रहेछन्। चाकरीमा म जाने भनेर गृहमा सहसचिवहरूले झगडै गरेछन्। उहाँको राज्यभिषेकको उपलक्षमा स्याङ्जालीले बजाएको बाजालाई पञ्चेबाजा चैं नभनेको भए हुने। त्यो बाजा समूहलाई निजामती बाजा भन्न पनि त हुँदो हो।’,
त्यस्तै एक्स प्रयोगकर्ता सम्मोहन र सामन्तीले हिजो आफूले बाजागाजासहित सलाम खाएसी आजबाट ३ दिन राष्ट्रिय शोक रे! जानेका छ्न् मान्छेले भनेर मुख्यसचिव अर्याल लक्षित टिप्पणी गरेका छन्।
पत्रकार समेत रहेका एक्स प्रयोगकर्ता अनिल गिरीले अनलाइनखबरको समाचार ‘क्वेट्स’ गर्दै ‘देशमा सबैभन्दा बढी सरकारी कर्मचारी जन्माउने जिल्लाको बासिन्दा भएकोले मेरो अनुभव भन्दैछु–यो देशको अधोगतिमा ७५ प्रतिशत जिम्मेवारी, भूमिका कर्मचारीको छ।’,
एक्स प्रयोगकर्ता अविनाश आचार्यलगायतका आधा दर्जन व्यक्तिले ‘सरकारले कमजोरीको आत्मालोचनासहित यो संकटमा बेलायत जाने विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी, बाजागाजा बजाएर नाच्दै हिँड्ने मुख्यसचिव र काम सकिएको ५-६ दिन विदेश घुमिराख्ने प्रहरी प्रमुखलाई जिम्मेवारीबाट तुरून्त हटाउनुपर्छ । मैले कर तिरेर यस्ता नालायक किन पाल्ने?’, आलोचनासहितको प्रश्न गरेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #पञ्चेबाजा, #मुख्यसचिव एकनारायण अर्याल
तपाईको प्रतिक्रिया दिनुहोस