बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता गराउने उपरजिष्ट्रार घिमिरे भन्छन्, ‘म कसैको प्यादा बन्न चाहिन’


काठमाडौं। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराउने सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द घिमिरेले आफू कसैको प्यादा बन्न नचाहेको धारणा सार्वजनिक गरेका छन्।

लेनदेनमा सर्वोच्चको न्यायाधीश नियुक्ति गरेको अभिव्यक्ति दिएका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध उपरजिष्ट्रार गोविन्द घिमिरेले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता गराएका थिए। उपरजिष्ट्रार घिमिरेले सामाजिक सञ्जालबाट बारको नेतृत्वविरुद्ध अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी दिएका छन्। उनले अदालत खुला हुँदा आफ्ना भनाईसहित औपचारिक निवेदन दिने घोषणा गर्दै उनले लेखेका छन्, ‘म कसैको प्यादा बन्न चाहिन।’,

सर्वोच्च अदालत स्रोतका अनुसार उपरजिष्ट्रार गोविन्द घिमिरेले बार अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध बिदाई भएका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको दबावमा अदालतको अवहेलना मुद्दा दर्ता गराएका थिए। श्रेष्ठ सर्वोच्च अदालतबाट बिदाई भएसँगै उनले पनि बारको नेतृत्वविरुद्ध अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिने घोषणा गरेका हुन्। उनले आफू कसैको प्यादा बन्न नसक्ने भनेर श्रेष्ठतिर लक्षित गरेको सर्वोच्च स्रोतले बतायो।

 

‘म हिजोदेखि निदाउन सकेको छैन। जीवनभर प्रजातन्त्रको पछि लागियो। बा सधैं यसकै लडाई लड्नु भयो। बार जनताको आवाज हो लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु ।’, उपरजिष्ट्रार घिमिरेले लेखेका छन्, ‘अदालत खुला हुँद आफ्ना भनाईसहित औपचारिक निवेदन दिनेछु। म कसैको प्यादा बन्न चाहिन।’,

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ