देश पीडामा परेका बेला परराष्ट्रमन्त्री आरजुलाई कुनै मतलब देखिएन
समाचार टिप्पणी
काठमाडौं। देश बाढीपहिरोले आहात बनेको नागरिक पीडामा रहेका छन्। तर, यस्तो बेला परराष्ट्रमन्त्री आरजु राणा देउवालाई कुनै भने मतलब देखिएको छैन। देशमा राष्ट्रिय विपत्ति परेर नागरिक चरम पीडामा तड्पिरहेका बेला परराष्ट्रमन्त्री आरजु विदेशमै रमाइरहेकी छिन्।
विदेशीसँग भेटघाटको तस्विर सामाजिक सञ्चालमा फेसबुकमा हालिरहेकी परराष्ट्रमन्त्री आरजुले न त फेसबुकमै बाढीपहिरो पीडितको विषयमा लेखेकी छिन्। न कुनै संवेदना र चासो छ।विदेशीसँगको दुईपक्षीय छलफलमा पनि उनले नेपालमा गएको बाढीपहिरो र जनधनको क्षतिबारे एक शब्द पनि उच्चारण गरेको पाइँदैन। नेपाली कांग्रेसकी प्रभावशाली नेतृ र भावी प्रधानमन्त्रीको रुपमा चर्चामा आइरहेकी आरजु देशमा सयौं मान्छेले ज्यान गुमाउने गरी बाढीपहिरो गएको १ हप्तापछि मात्र स्वदेश फर्किएकी हुन्। उनलाई देशमा भएको यत्रो ठूलो विपत्तिमा अलिकति पनि संवेदना देखिएन। जनता विपद्को पीडामा रोइरहँदा आरजुले कुनै मतलब नलिएको पाइयो। २० दिनदेखि विदेशमा रमाइरहेकी परराष्ट्रमन्त्री आरजु देशको की विदेशको लागि मन्त्री बनेको हो भन्ने प्रश्न खडा भएको छ।
गत भदौ ३१ गते क्यानडा हुँदै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेकी आरजु शुक्रबार साँझ मात्र स्वदेश फिर्ता भएकी हुन्। त्यसो त प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रिय विपत्तिमा तत्काल स्वदेश फर्किएनन्।
त्यसमा विपद् परेका बेला परराष्ट्रमन्त्री र प्रधानमन्त्री मात्र होइन मुख्यसचिव एकनारायण अर्याल पनि पञ्चेबाजामा रमाइरहे। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको पनि उस्तै ताल देखियो। देश पीडामा परेका बेला परराष्ट्रमन्त्री आरजुलाई कुनै मतलब देखिएन।राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी निर्देशक अनिल पोखरेल झन् अझै लापत्ता छन्। अझै पनि सरकारले बाढीपहिरो पीडितका लागि राहत र पुनःस्थापनाको काम प्रभावकारी ढंगले गर्न सकेको छैन।
जनता पीडामा परेका बेला बेप्रवाह बनेका राज्यका जिम्मेवारी पदाधिकारीहरु हेर्दा हामी कस्ता शासकबाट शासित हुन बाध्य छौं भन्ने देखाउँछ। समय आएपछि यिनीहरूको जनताले उचित मूल्यांकन गर्नेछन्।
क्याटेगोरी : समाचारट्याग : #आरजु राणा परराष्ट्रमन्त्री
तपाईको प्रतिक्रिया दिनुहोस