सामाजिक अभियन्ता भीम उपाध्यायले राहत वितरणको विवरण सार्वजनिक गरे
काठमाडौं। पूर्वसचिव एवं सामाजिक अभियन्ता भीम उपाध्यायले बाढीपहिरो पीडितलाई वितरण गरेको राहतको विवरण सार्वजनिक गरेको छन्। उनले विभिन्न सहयोग हातहरु मार्फत लाखौं रुपैयाँ राहत वितरण गरेको पाइन्छ। दाताहरूले दिएको राहत पीडितले नपाई अभियान्ता कै खल्तीमा जाने आरोप लाग्दै आएको छ। उपाध्याय भने सबै राहत वितरण गरेको विवरण सार्वजनिक गरेर पारदर्शिता देखाएका हुन्। उपाध्यायको कदमले अन्य व्यक्तिहरूलाई पनि दबाव सिर्जना भएको छ।
विगत ६ दिनदेखि बाढीपहिरो पीडितलाई खाना खुवाउनेदेखि राहत वितरण गर्ने कार्यमा सक्रिय रहँदै आएका पूर्वसचिव उपाध्यायले वास्तविक पीडितलाई राहत सहयोग उपलब्ध गराएका छन्। उनले बाढीपहिरो पीडितलाई राहत दिएर पीडामा मलम लगाउने काम गरेका छन्। उपाध्यायको काम प्रशंसा योग्य देखिन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस