स्वास्थ्यमा जस्तो मन्त्री उस्तै टिम

स्वास्थ्यको “स” समेत जानकारी नभएको व्यक्तिले हाँकेको स्वास्थ्य कता जाला? 


काठमाडौँ । बूढापाकाले गाउँ-घरमा भन्ने गर्छन् “बोकाले रोपाइँ हुने भए गोरु किन चाहियो”? यसो भन्नुको अर्थ काम गर्नका लागि सक्षम व्यक्ति चाहिन्छ। योग्यता, क्षमता र दक्षता नभएको व्यक्ति काम गर्न सक्षम हुँदैन। अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा यस्तै हालत भएको छ। कमजोरीलाई स्वीकार गर्दै मेलोमा नफर्किए नयाँ आउँने स्वास्थ्यमन्त्रीलाई देशको स्वास्थ्य अवस्था सयल्न समय लाग्ने देखिन्छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आफ्नो टिममा योग्य र सक्षम व्यक्तिभन्दा स्वास्थ्य क्षेत्रमा ज्ञान तथा अनुभव नै नभएका र नबुझेका अयोग्य व्यक्ति राखेर स्वास्थ्य सुधारको सपना देखिरहेका छन्। उनी स्वास्थ्यको “स” समेत जानकारी नभएका व्यक्तिलाई सचिवालयको तालाचाबी दिएर स्वास्थ्यको समग्र सुधारको सपना देखिरहेका छन्। तर, अन्जान व्यक्तिहरूको समूहले स्वास्थ्य हाँक्न खोज्दा सपनाबीचैमा हराउने गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्च अधिकारीहरू नै स्वास्थ्यको विषयमा केही नजानेका व्यक्ति सचिवालयमा राखेको बताउँछन्। पौडेलले यस्ता व्यक्ति सचिवालयमा पैसा उठाउँन राखे वा स्वास्थ्य सुधार गर्न त्यो उनैले जानून्। राज्यमन्त्री हुने समेत हैसियत नभएकाे भनेर स्वास्थ्य मन्त्रालयभित्र आलोचना खेपिरहेका स्वास्थ्यमन्त्री पौडेलले टिममा स्वास्थ्य क्षेत्र बुझेका योग्य र सक्षम व्यक्ति राख्न सक्थे।

स्वास्थ्यमन्त्रीको टिममा अहिले विश्वबन्धु रेग्मी, दुर्गा घिमिरे, अशोक भट्टराई, रमिला वाग्ले, भागवत रेग्मी र रामप्रसाद अधिकारी छन्। आधा दर्जन समूहमा हट्टाकट्टा विश्व रेग्मी देखिएको स्वास्थ्यका अधिकारीहरू बताउँछन् । स्वास्थ्यमन्त्री पौडेललाई घुमाउने निजी सचिवालयमा रहेका रेग्मी सरकारी कर्मचारी शाखा अधिकृत हुन् भने बाँकी सबै राजनीतिक वृत्तका छन्। यी कर्मचारी स्वास्थ्य मन्त्रालयमा बसेर त्यहाँका विज्ञ कर्मचारीलाई पनि “इन्द्रको अगाडि स्वर्गको बयान” गरिरहेका छन्।

स्वास्थ्यमा काम गर्ने कर्मचारीको जिम्मेवारी खोसेर कमजोरलाई जिम्मेवारी दिने र त्यसमा सकेसम्म माछा मार्ने काम मन्त्रीले गरिरहेका छन्। आफ्नो योजना नभएपछि विगतका मन्त्रीको योजना र कार्यक्रमलाई आफ्नो भन्दै कुर्लिनेबाहेक उनको हैसियतले केही गर्न भ्याएको छैन। त्यसैले ”सर्पको विष, मान्छेको ईख” केही महत्त्व छैन।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##Pradeep

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ