प्रसूति अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवाकाे शुभारम्भ


काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा शुभारम्भ भएको छ ।

आइतबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वंशाणुगत रोगजन्य परीक्षण सेवा शुभारम्भ गरेका हुन्। अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले याे महत्वपूर्ण प्रयास भएको बताए ।

बालबालिकाको मृत्युदर घटाउन र वंशाणुगत रोगको समयमै उपचार गर्नका लागि यो सेवा महत्वपूर्ण रहेको उनको भनाइ छ। प्रसूति अस्पतालमा देशमै ख्याती कमाएको अस्पतालमा अरु सेवा पनि विस्तार गर्ने सोच रहेको उनले जानकारी दिए।

अस्पतालमा गर्भवती महिलाका लागि मासिक परामर्शसम्बन्धी बहिरंग सेवाको समेत उद्घाटन गरिएकाे छ । अधिकारीका अनुसार मातृशिशुको स्वास्थ्य सुधारका लागि सेवा बढाउने गरि काम भइरहेको उनले बताए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ