भोजपुर जाँदै गरेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हँदा दुई जनाको मृत्यु


काठमाडौं। काठमाडाैंबाट भोजपुरतिर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुँदा ०१-००६ ख ६७८५ नम्बर उक्त यात्रुबाहक बसमा सवार २ जनाको मृत्यु भएको हो। झन्डै ३ दर्जन यात्रु सवार उक्त बस सोमबार ३ बजे दुर्घटनामा परेको हो। उक्तबस दुर्घटनामा परी धेरै यात्रुहरु घाइते भएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ