प्रतिस्पर्धाबाट स्वास्थ्य सेवाको सहसचिव बन्न सफल महिलाहरू


काठमाडौं। निजामती र स्वास्थ्य सेवामा सहसचिव सरह कै पदमा आरक्षण (कोटा)को प्रयोग गर्ने महिलाहरूको संख्या बढ्दै गएको छ। सहसचिवमै आरक्षण लिने कुरा पछिल्लो समय बहसको विषय बन्दै आएको छ। स्वास्थ्य लाइभको खोजीका स्वास्थ्य सेवाको एघारौं तह सहसचिव सरहको पदमा खुल्ला र आन्तरिक प्रतिस्पर्धाबाट आउने महिलाको संख्या पनि उल्लेख्य मात्रामा रहेको पाइन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगिता कौशल मिश्रादेखि कोशी प्रदेशको स्वास्थ्य सचिव भइसकेकी डा. सुधा देवकोटा हुँदै लिली श्रेष्ठसम्म खुला प्रतिस्पर्धाबाट स्वास्थ्य सेवाको एघारौं तह (सहसचिव)मा आएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै रहेकी यशोदा अर्यालदेखि मीरा थापा उपाध्यक्षसम्म आन्तरिक प्रतिस्पर्धाबाट स्वास्थ्य सेवाको एघारौं तह (सहसचिव) हुन सफल भएका हुन्। हाम्रो जानकारीमा नआएको प्रतिस्पर्धाबाट स्वास्थ्य सेवाको सहसचिव बन्नेको संख्य अझ थपिन पनि सक्छ। जानकारीमा आउन साथ प्रतिस्पर्धाबाट नाम निकाल्न सफल भएका ती महिलाहरूको नाम समावेश गर्ने छौं।

पिपरा-७ महोत्तरीकी डा. संगीता कौशल मिश्रा २०७० सालमा खुला प्रतिस्पर्धाबाट स्वास्थ्य सेवाको एघारौं तह (सहसचिव) भएकी थिइन्। स्वास्थ्य सेवाको अब्स एण्ड गाइनो समूहको प्रमुख कन्सल्टेन्ट अब्स एण्ड गाइनो एघारौं तह (सहसचिव)मा खुला प्रतिस्पर्धाबाट नाम निकालेकी डा. संगीत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)को निर्देशक बनेर काम गरेकी महिला हुन्।

 

 

स्वास्थ्य सेवा विभागको महानिर्देशक समेत भइसकेकी मिश्रा स्वास्थ्यका ४ जना अतिरिक्त सचिवमध्ये दोस्रो बरियतामा रहेकी छिन्। संगीताको निर्णय क्षमता पनि खुला प्रतिस्पर्धाबाट आएजस्तै अब्बल देखिन्छ।

डा. सुधा देवकोटाले पनि खुला प्रतिस्पर्धाबाटै स्वास्थ्य सेवाको एघारौं तह (सहसचिव)मा नाम निकालेकी हुन्। डा. सुधाले २०७१ असारमा स्वास्थ्य सेवाको जनरल हेल्थ सर्भिसेज समूह प्रमुख मेडिकल सुपरिटेन्डेन्ट एघारौं तह सहसचिवमा खुला प्रतिस्पर्धाबाट नाम निकालेकी थिइन्।

कोशी प्रदेशको स्वास्थ्य सचिव समेत भइसकेकी डा. सुधा उपचारात्मक महाशाखाको जिम्मेवारीमा छिन्। उनी स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको प्रमुखको भूमिकामा समेत काम गरेकी महिला हुन्।

त्यस्तै लिली श्रेष्ठ पनि खुला प्रतिस्पर्धाबाटै स्वास्थ्य सेवाको एघारौं तह सहसचिवमा नाम निकाल्न सफल महिला हुन्। उनी २०७७ साउनमा खुला प्रतिस्पर्धाबाट स्वास्थ्य सेवाको एघारौं तह सहसचिव बनेकी थिइन्। नेपाल स्वास्थ्य सेवा, मेडिकल ल्याब टेक्नोलोली समूह, जनरल मेडिकल ल्याब टेक्नोलोजी उपसमूहको एघारौं तह (सहसचिव)मा उनी खुला प्रतिस्पर्धाबाट नाम निकाल्न सफल भएकी हुन्। उनी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत छिन्।

यता स्वास्थ्य सेवामा आन्तरिक प्रतिस्पर्धाबाट आउने महिला पनि छन्। यशोदा अर्यालले आन्तरिक प्रतिस्पर्धाबाट स्वास्थ्य सेवाको एघारौं तह (सहसचिव)मा नाम निकालेकी हुन्। यशोदा २०७८ मंसिरमा नेपाल आन्तरिक प्रतिस्पर्धाबाट स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूहको एघारौं तह, प्रमुख जनस्वास्थ्य प्रशासक (सहसचिव)मा नाम निकाल्न सफल भएकी थिइन्। दिपकप्रसाद तिवारीलाई प्रतिस्पर्धामा पछि पार्दै यशोदा स्वास्थ्यतिरको सहसचिव बन्न सफल भएकी हुन्। आरक्षण बिनै आन्तरिक प्रतिस्पर्धाबाट स्वास्थ्यको सहसचिव बन्न सफल महिला यशोदा अहिले स्वास्थ्य तालिम केन्द्रमा पुगेकी छिन्।

डा. संगीता कौशल मिश्रासँगै खुला प्रतिस्पर्धामा स्वास्थ्य सेवाको एघारौं तह (सहसचिव)मा नाम निकालेर बैकल्पिकमा परेकी मीरा थापा उपाध्याय पछि आन्तरिक प्रतिस्पर्धाबाट आएकी थिइन्। उनी अहिले गुमनाम छिन्।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #डा. संगीता कौशल मिश्रा, #डा. सुधा देवकोटा, #मीरा थापा उपाध्याय, #यशोदा अर्याल, #लिली श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ