यागुवा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मगरको निधन


भोजपुर। भोजपुर जिल्लाको अरुण गाउँपालिका र षडानन्द नगरपालिकाको सीमानामा अवस्थित यागुवा खोलामा माछा मार्ने क्रममा एक व्यक्तिको करेन्ट लागेर निधन भएको छ। अरुण गाउँपालिका वडा नम्बर १ याङपाङ निवास रोशनदीप मगरको यागुवा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

शनिबार ४/५ जनाको समूहमा यागुवा खोलामा माछा मार्न गएका मगरको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। याङपाङको पञ्चेदोबाटोमा बस्दै आएका मगर स्काभेटर चालक समेत हुन्। अन्दाजी २८ वर्षका मगरको अल्पआयुमै निधन हुन पुगेको छ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ