स्वास्थ्य बीमा बोर्डको पुनः निर्देशक बन्न बसौलाको चलखेल, के प्रधानमन्त्रीले भ्रष्ट नै रोज्लान् ?


काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाको कार्यकाल आगामी २४ गतेबाट सकिदैछ । टिप्पणी समेत लेख्ने ढङ्ग नभएका बसौलाको ५ वर्षे कार्यकाल सकस पूर्ण रुपमा सकिदैछ । तर, उनी करोडौँ खर्च गरेर भएपनि पुन दोहोरिने तयारीमा छन् । यसका लागि उनले प्रधानमन्त्रीको नाम चारै तिर बेच्न थालेका छन् ।

बीमालाई सफल बनाउने भन्दा पनि कसरी कमिसन र सेटिङ्लाई फैलाउदै हिँडेको आरोप लाग्दै आएका बसौलाले बीमालाई पुन गिद्धेनजर लगाउन थालेपछी बीमा बोर्डका कर्मचारीहरू आक्रोशित छन् । २४ गतेबाट कार्यकारी निर्देशकको समयावधि सकिने भएपछि बसौला पुन नियुक्ति खान एमालेका नेता तथा शक्तिकेन्द्र मिलाउँन पैसाको बार्गेनिङ गर्दै हिड्‌न थालेको कर्मचारीहरूमा चर्चा सुरु हुन थालेको छ ।

बसौलालाई अस्पतालहरूलाई रकम भुक्तानी गरेबापत सरकारीमा ३ र निजीमा १० देखि १५ प्रतिशत सम्म कमिसन लिने गरेको आरोपका बीच पुन निर्देशक बन्ने चलखेलमा जुटेका छन् । विवादीत बनेका बसौला पुन कार्यकारी निर्देशक बन्न आर्थिक चलखेलमा जुट्नुले कमिसनको आरोपलाई थप पुष्टि गरेको छ ।

बोर्डका कर्मचारी र निजी अस्पताल सञ्चालकहरूले बताए अनुसार डा दामोदर बसौलाले प्रधानमन्त्री ओलीलाई समेत मोटो रकम दिए मात्रै आफ्नो निर्देशक नियुक्ति सुरक्षित रहेको भन्दै पैसा माग्दै हिड्‌न थालेको अधिकारीहरू बताउँछन् ।

दामोदर बसौलाको आड र भरोसा भनेको प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिव दिपेन्द्र दाहाल र भद्रपुरमा रहेको ओम साइ पाथिभरा अस्पतालको सञ्चालक दीपक पोखरेल हुन् । प्रधानमन्त्रीलाई ५ करोड बुझाएर पुन बीमा बोर्डको कार्यकारी निर्देशक बन्ने दाउमा बसौला छन् । बसौलाले पुन नियुक्तिका लागि मोटो रकम बुझाइसकेको चर्चा बजारमा छ । दिपेन्द्रको आडमा बसौलाले प्रधानमन्त्रीको नाम बेच्दै हिँडेका छन् । प्रधानमन्त्रीसँग भने बसौलाको गोरु बेचेको साइनो सम्म पनि छैन ।

बसौलासँग उठबस गर्दै आएका, अधिकारीहरूले बताए अनुसार अहिले बसौलालाई पैसा नभएर प्याकप्याक परेको छ । प्रधानमन्त्रीलाई बुझाउने भन्दै सबैसँग पैसा उठाउन लागेका छन्, एक अस्पताल संचालकले भने । यही मौका पारेर बसौलाले दशैँको एक हप्ता अगाडि ३ अरब बढी रकम भुक्तानी गरेका छन् ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ