देश बनाउने ठेक्का लिएर राज्यमन्त्री बनेका तामाङको कम्पनी सडक बनाउन नसकेर कालोसूचीमा पऱ्यो
मन्त्री खड्काको गृह जिल्लाको १४ किलोमिटर सडक बनाउन नसक्ने राज्यमन्त्री तामाङ कालोसूचीमा परे
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को निर्माण कम्पनी कालोसूचीमा परेको छ। देश बनाउने ‘ठेक्का’ लिएर मन्त्री बनका तामाङको निर्माण कम्पनी भने एउटा बाटो बनाउन नसकेर कालोसूचीमा परेको हो। उनी रामेछाप जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत हुन्।
ऊर्जामन्त्री दिपक खड्का गृह जिल्ला संखुवासभामा सडक निर्माण गर्न नसक्दा राज्यमन्त्री तामाङले सञ्चालन गरेको कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिलाई कालोसूचीमा परेको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेकेदार मन्त्रीको कम्पनीलाई कालोसूचीमा राखेको सूचना सार्वजनिक गरेको छ।
राज्यमन्त्री तामाङको कान्छाराम कन्स्ट्रक्सन कम्पनीलाई सडक विभागअन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, तुम्लिङटारको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो। देश बनाउँछु भनेर राज्यमन्त्री बनेका तामाङले सकड बनाउँदा नसक्दा कालोसूचीमा परेपछि उनको क्षमतामाथि समेत प्रश्न उठेको छ।
ठेकेदार मन्त्रीको कम्पनीले ठेक्का लिएर संखुवासभा जिल्लास्थित याक्का चोकदेखि पिलुवासम्मको १४ किलोमिटर सडक निर्माण गर्न नसकेपछि साढे २ वर्ष कुनै सरकारी काम गर्न नपाउने भएको हो। तर, उनी मन्त्रीको हैसियतले भने सरकारी काम गरिरहेका छन्। साढे २ वर्षसम्म सरकारी ठेक्का लिन नपाउने गरी कालोसूचीमा परेका राज्यमन्त्री तामाङले नैतिकताका आधारमा मन्त्रीबाट तत्काल राजीनामा दिनुपर्ने हो। तर, नेपालको राजनीतिमा नैतिकता भनेको ‘कुन चरीको नाम हो’ भने जस्तो हुन थालेको छ।
यी हुन् कालोसूचीमा परेका निर्माण कम्पनी
क्याटेगोरी : समाचारट्याग : #ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ, #ऊर्जामन्त्री दिपक खड्का, #कान्छाराम तामाङ
तपाईको प्रतिक्रिया दिनुहोस