स्वास्थ्यमा सानो आकारको सरुवा हुँदै, पैसा नखुवाउने रोशन सँधै दौड बाहिर 


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारको काम गर्न नसके पनि पुनः सरुवालाई भने प्राथमिकता दिएका छन् । उनले सानो आकारको सरुवा सूची तयार पारेका छन् । उनको यो स्वास्थ्यमा तेस्रो सरुवा हो । स्वास्थ्यलाई सुधार गर्ने सूत्र पत्ता लगाउन नसके पनि उनले कर्मचारीको व्यवस्थापनमा भने “रस” भिजेको छ । सरुवाको सूची बिहीवार देखि नै तयार पार्न थालिएको छ । 

आयुर्वेद व्यवस्था विभागका महानिर्देशक डा प्रदीप केसी, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक कुमार लाल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरे, उपचारात्मक महाशाखाकी निर्देशक डा सुधा देवकोटा, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरका निर्देशक डा प्रज्ज्वल श्रेष्ठ, व्यवस्थापन महाशाखाका निर्देशक डा सुरेन्द्र कुमार चौरासीया, राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा रुद्र प्रसाद मरासिनी लगायतको अहिले पाएको जिम्मेवारी मुख्यत जोखिममा परेको छ । 

सूची तयार पारेर मान्छे तौलिने क्रम चलिरहेको छ । दुई पक्षको “हित्तचित्त” मिले उक्त नाम मध्ये केहीको सरुवा सूचीबाट नाम काटिन सक्छ । त्यस्तै केही थप शाखा प्रमुखहरूको पनि सरुवा तयारी रहेको अधिकारीहरूले बताएका छन् । डा सुरेन्द्र चौरासियको स्थानमा उपेन्द्र ढुङ्गानालाई ल्याउने मन्त्रीको तयारी देखिएको छ । तर, ढुङ्गाना कोभिडको समयमा पनि उक्त शाखामा बसेकाले अहिले पुन बस्नु जोखिम हुने भन्दै रहर नभएको सुनाउँछन् । 

स्वास्थ्यको मुख्य जोखिम शाखाका हिसाबले खरिद इकाइलाई चिनिन्छ । यता सागर दाहाल पनि उक्त शाखामा जान इच्छुक देखिएका छन् । तर, उनी मन्त्री सचिवको हस्तक्षेप बिना काम गर्न पाएको अवस्थामा मात्रै जाने बताउँछन् । यो मन्त्री र सचिवको चाहना अनुसार काम नगर्ने कर्मचारीका लागि पठाउँने ठाउँ नभएकाले सागरको सम्भावना कम देखिन्छ । 

त्यस्तै बिना दवाव काम गर्ने सह सचिव डा रोशन न्यौपानेलाई महिनौँ देखि मन्त्रीले जिम्मेवारी विहीन बनाएर राखेका छन् । अझ पौडेलले पहिलो पटक एघारौँ तहको कर्मचारी स्वास्थ्य सेवा विभागमा लगेर जिम्मेवारी विहीन बनाएका हुन् । मन्त्रीले चाहेको व्यक्तिलाई विधि र प्रक्रिया बिना काम नदिएको भन्दै न्यौपाने लामो समय देखि फाजिलमा छन् । त्यसैले अहिले पनि न्यौपाने जिम्मेवारीको दौड बाहिर रहने सम्भावना धेरै रहन्छ । 

क्याटेगोरी : समाचार
ट्याग : ##pradeep poudel

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ