कम्प्युटर अधिकृतलाई प्रशासनको उपसचिव बनाउने विषयमा प्रशासनका कर्मचारीले भेटे मुख्यसचिव


काठमाडौं। कम्प्युटर अधिकृतलाई प्रशासनको उपसचिवमा बढुवा गर्ने सर्वोच्चको फैसलाको विषयमा प्रशासन सेवाका कर्मचारीले मुख्यसचिव एकनारायण अर्याललाई भेटेर ध्यानाकर्षण गराएका छन्। सोमबार निजामती सेवा बचाउ अभियानका तर्फबाट उनीहरुले मुख्यसचिवलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्।

विविध सेवाका कर्मचारीहरूलाई नेपाल प्रशासन सेवामा बढुवा समायोजन गर्नेगरी सर्वोच्च अदालतबाट जारी भएको आदेशको सम्बन्धमा अभियानले मुख्यसचिवलाई ज्ञापनपत्र बुझाएका हुन्।

प्रशासन सेवाका ३०-३५ जना कर्मचारीको उपस्थितिमा नेपाल मुख्यसचिव अर्याललाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझ्दै आफूले समस्या बुझेको, हामीले ज्ञापन पत्रमा उठाएको विषय सान्दर्भिक, आवश्यक र महत्त्वपूर्ण रहेको धारणा राखेका छन्। यस सम्बन्धमा प्रशासन सेवा र समग्र निजामती सेवाको विशिष्टीकरण र न्यायोचित वृत्तिविकासका पक्षमा आफूले व्यक्तिगत रूपमा र नेपाल सरकारको तर्फबाट समेत सही समयमा उचित लिइने भएकोले धेरै चिन्ता नलिन मुख्यसचिव अर्यालले विश्वास दिलाएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ