ओसिएमसीको पहिलो राष्ट्रिय सम्मेलन सुरु
काठमाडौँ । अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) को प्रथम राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु हुदै छ ।
स्वास्थ्य मन्त्रलायले बताए अनुसार २९ देखि ३० सम्म सोल्टी होटलमा सम्मेलन हुदैछ । नेपालको संविधानद्वारा प्रत्याभूत समानता, मानव अधिकार, सामाजिक न्यायको हकलाई आत्मसात गर्दै नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालनको एक दशक पुरा भएको छ ।
एक दशक पुरा भएको अवस्थामा स्वास्थ्य मन्त्रालय एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले संवैधानिक निकायहरू, सङ्घीय मन्त्रालयहरू, आयोग, नेपाल प्रहरी, स्वास्थ्य र सामाजिक विषयसँग सरोकार रहेका प्रादेशिक मन्त्रालय, स्थानीय तह, स्थानीय सरकारका सङ्घ तथा महासङ्घ, राष्ट्रव्यापी रुपमा सञ्चालनमा रहेका एकद्वार सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख, सम्पर्क व्यक्ति, विकास साझेदार, गैरसरकारी र निजी सङ्घसंस्था, नागरिक समाज, पुनःस्थापना तथा सुरक्षित आवासगृह, मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने सरोकार निकायहरू लगायतका सम्पूर्ण साझेदार निकायको सहभागितामा राष्ट्रिय सम्मेलन गर्न लागिएको हो ।
लैङ्गिक हिंसा पीडित वा प्रभावित व्यक्तिहरूलाई स्वास्थ्य उपचार लगायत अन्य आवश्यक सेवाहरू एकद्वारबाट पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने उद्देश्य रहेको छ । २०६८ मा ७ वटा संस्थाबाट सुरु भएको सेवा हाल ९२ अस्पतालमा विस्तारित भएको छ । जस मध्ये सङ्घमा १६, प्रदेशमा ६९ र स्थानीय तहमा ७ वटा संस्थाले सेवा दिइरहेका छन् । आर्थिक वर्ष २०८०, ८१ मा ७९ संस्थाबाट प्राप्त रिपोर्ट अनुसार १२९७८ जना पीडित र प्रभावितलाई सेवा दिएको छ । उनीहरू मध्ये महिलाको सङ्ख्या १२२७३ र पुरुषको सङ्ख्या ७०५ जना रहेको छ ।
केन्द्र सञ्चालनमा मन्त्रालयको भूमिका
- एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
- एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना तथा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गर्ने ।
- स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई लैङ्गिक हिंसासम्बन्धी अभिमुखीकरण तथा तालिमको व्यवस्था गर्ने ।
- अस्पतालमा कार्यरत चिकित्सकहरूलाई क्लिनिकल मेडिको लिगल सेवासम्बन्धी र स्टाफ नर्स तथा सम्बन्धित स्वास्थ्यकर्मीलाई मनोसामाजिक परामर्शसम्बन्धी तालिमको व्यवस्था गर्ने ।
- लैङ्गिक हिंसा बिरुद्ध समुदायस्तरमा जनचेतना जगाउन, सूचना शिक्षा तथा सञ्चारको विकास एवम् सम्प्रेषण गर्ने । साथै, रेडियो एवम् टेलिभिजनबाट प्रसारण गरिने सञ्चार सामग्रीहरूको विकास गर्ने ।
- एकद्वार सङ्कट व्यवस्थापन केन्द्रद्वारा प्रदान हुने स्वास्थ्य तथा परामर्श सेवा सञ्चालनका लागि आवश्यक पर्ने निर्देशिका, प्रोटोकल, आदि तयार गरी लागू गर्ने ।
- मेडिको लिगल सेवा निर्देशिका, २०७५ कार्यान्वयन गर्ने, गराउने ।
- एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको सञ्चालन एवम् कार्यसम्पादनबारे अनुगमन गरी सम्बन्धित निकायलाई सुझाव दिने ।
- लैङ्गिक हिंसासम्बन्धी सेवाको अभिलेख राख्ने र प्रगति प्रतिवेदन तयार गर्ने/गराउने ।
कार्यक्रममा देखिएका समस्याहरु
- ओसिएमसी कार्यक्रम संचालनका लागि न्यूनतम मापदण्डभित्र संचालन गर्न कठीनाई छ ।
- फरेन्सिक विशेषज्ञ जनशक्तिको अभाव एवम् ओसिएमसी कै लागि जनशक्ति व्यवस्थापन गर्न कठिनाई छ ।
- तालिम प्राप्त स्वास्थ्यकर्मीको तगचलयखभच ।
- एकीकृत सेवा प्रवाहमा समस्या, पुनर्स्थापनाको समस्या ।
- बालबालिका हिंसा पीडित, पीडक तथा प्रभावित ।
- समुदाय स्तरमा यस कार्यक्रमको जानकारी गराउन नसकिनु ।
तपाईको प्रतिक्रिया दिनुहोस