कोशी अस्पतालको भवन निर्माण सुस्त भएको भन्दै उपप्रधानमन्त्री सिंहको असन्तुष्टि
काठमाडौं। उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह काेशी अस्पताल परिसरमै निर्माणाधिन ५ सय शय्याकाे अस्पताल निर्माणकाे गति सुस्त देखिएकाे भन्दै उहाँले असन्तुष्टि जनाएका छन्।अस्पतालकाे निर्माणाधिन भवनकाे सराेकारवालाहरूसहित निरिक्षण गर्ने क्रममा उनले असन्तुष्टि जनाएका हुन्।
अस्पताल भवनकाे निर्माण समयमै सक्ने गरि काम गर्न निर्देशन दिँदै उपप्रधानमन्त्री सिंहले प्रभावकारी रूपमा निर्माणको काम आग्रह गरे।जनतालाई छिटै सेवा प्रवाह हुनुपर्छ ,’ उनले भने, ‘निर्माणका क्रममा केही समस्या भए भन्नुस्। मन्त्रालयले,सहजीकरण गर्नेछ । तर, काममा ढिलाई गर्ने, कन्ट्राक्टअनुसार काम भएन भने साेच्नुपर्ने अवस्था आउनसक्छ ।´ ०७९ पुस १३ गतेबाट निर्माण शुरू भएकाे अस्पतालकाे ०८२ पुस १२ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झाैतामा उल्लेख छ ।
त्यस्तै नेपाल प्रेस युनियन माेरङले शुक्रबार विराटनगरमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै उपप्रधानमन्त्री सिंहले ७ बुँदे सहमतिकाे स्पिरिटअनुसारनै संविधान संशाेधन र सरकार सञ्चालन भइरहेकाे बताए। सात बुँदे सहमतिअनुसार नै सरकार अघि बढेकाे छ । साे सहमतिअनुसारनै सरकार सञ्चालन हुन्छ,´ उनले भने,` सरकारले नागरिककाे आकांक्षालाई केन्द्रमा राखेर काम अघि बढाएकाे छ । धेरै काम भएका छन्, केही हुँदैछन् । केही पनि भएन भन्ने हाेइन।´ उपप्रधानमन्त्री सिंहले पछिल्लाे समय शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा भएकाे प्रगति हेर्न आग्रह गर्दै सरकारले केही पनि गरेन भनेर टिप्पणी गर्ने बेला भइनसकेकाे धारणा राखे। संविधान संशोधनका विषय सात बुँदे सहमतिमा उल्लेख रहेको बताउँदै यो विषयमा दलहरूबीच छलफल गरेर सदनबाटै प्रक्रिया अघि बढ्ने सिंहकाे भनाई थियाे ।
उपप्रधानमन्त्री सिंहले कांग्रेस एमाले गठबन्धनकाे सरकार बनेपछि लामाे समयदेखि अन्याेलमा रहेकाे टिआरसी विधेयक अघि बढेकाे र संसदले बनाएकाे समितिकाे प्रतिवेदनअनुसार सहकारी अपचलनमा संलग्नमाथि कारबाही अघि बढेकाे प्रस्ट पारे। उनले सरकारले नागरिककाे चाहना पूरा गर्ने गरि काम गरिरहेकाे र परिणाम आउन केही समय लाग्ने बताए ।
शुक्रबार र शनिबार दुई दिन विराटनगरमा रहँदा उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयअन्तर्गत भएकाे कामकाे निरिक्षण र राजनीतिक भेटघाट सुरु गरेका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस