नेशनल मेडिकल कलेजमा रक्तदान कार्यक्रम
काठमाडौं। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जको आयाेजनामा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ। कलेज परिसर मै भएकाे कार्यक्रममा ५ महिला सहित ५७ जनाले रक्तदान गरेकाे कलेजका ब्लड बैंकले जनाएकाे छ।
कलेजका प्रबन्ध निर्देशक शाहानवाज अन्सारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा काजल कुमारी गुप्ता, सुधा कुमारी, स्वकृति साही, मुदिता शाक्य, कामली श्रेष्ठ, निरन्जन कुमार चाैधरी, डा. संजय साह, अरसद आलम, जितेश चन्द्र दास, डा. सराेज प्रसाद देव, महमद जुनैद, प्रदिप कुमार चाैधरी, मुकेश कुशवाहा, रामजीप्रसाद कुशवाहा, रविन्द्र यादव, राजिव कुमार चाैधरी, डा गुरु प्रसाद मैनाली, नवल किशाेर यादवले रक्तदान गरेका हुन्।
“नियमित रक्तदान, स्वास्थ्य हुनुकाे पहिचान” नारासहित भएकाे रक्तदान कार्यक्रमकाे उद्घाटन कलेजका प्रबन्ध निर्देशक अन्सारीले गरेका थिए। रक्तदान कार्यक्रमकाे उद्घाटन गर्दै प्रबन्ध निर्देशक अन्सारीले रक्तदान गर्नु राम्राे कुरा भएकाे वताए । उनले रक्तदान जिवन दान भएकाे वताउँदै १८ बर्ष उमेर पुगेहरु प्रत्येक ३/३ महिनामा गर्न सक्ने बताए।
रक्तदान कार्यक्रममा नेशनल मेडिकल कलेजका अस्पतालका निर्देशक डा. इशर जहान, कलेजका प्रिन्सपल डा. के.एन. सिंह, कलेजका एडमिसन एण्ड मार्केटिङ निर्देशक आविद हुसेन अन्सारी, कलेजका भाइस प्रिन्सपल प्राेफेसर डा. रविशंकर गुप्ता नर्सिङ्ग क्याम्पसकी भाइस प्रिन्सपल बबिता सिंह लगायतकाे उपस्थिति रहेकाे थियाे ।
रक्तदान कार्यक्रम स्थलमै कलेजले नि:शुल्क मधुमेह राेग शिविर समेत संचालन गरेकाे थियाे भने रगत लगायकाे परिक्षणमा १५ प्रतिशत छुट समेत प्रदान गरिएकाे कलेजले जनाएकाे छ। यसैगरी विश्व मधुमेह दिवसकाे अवसरमा बिहिबार अस्पतालका सम्पूर्ण ओविडी टिकेट समेत निशुल्क गरिएकाे अस्पतालका प्रशासन शाखा प्रमुख पप्पु सिंहले जानकारी दिए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस