सबैभन्दा बढी कर तिर्ने स्वास्थ्य संस्था बन्यो लुम्बिनी मेडिकल कलेज
काठमाडौं। पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज एवं शिक्षण अस्पतालले स्वास्थ्य संस्थाको तर्फबाट सबैभन्दा बढी कर बुझाएको छ। सरकारले राष्ट्रिय कर दिवसका अवसरमा लुम्बिनी मेडिकल कलेज एवं शिक्षण अस्पताललाई उत्कृष्ट करदातालाई सम्मान गरेको हो। राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य संस्था तर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा शनिबार लुम्बिनीलाई सम्मान गरेको हो।
सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले र व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा राजबहादुर शाहलाई सम्मान गरिएको छ। एकलौटी फर्महरूतर्फ श्रुति ट्रेडर्स र सूचना प्रविधितर्फले कोडावतार टेक प्रालिले उत्कृष्ट करदाताको सम्मान खाएको हो।
कृषि एवम् पशुजन्यमा पतञ्जली आयुर्वेद प्रालि, निर्यात कारोबारमा डाबर नेपाल प्रालि र बैंक तथा वित्तीय संस्था नबिल बैंक लिमिटेडले उत्कृष्ट करदाताको सम्मान पाएको छ। पर्यटनमा तारागाउँ रिजेन्सी , वस्तु व्यापारमा भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातामा सिडियस एण्ड क्लियरिङ् लिमिटेड र ऊर्जामा भोटेकोसी पावर कम्पनीले उत्कृष्ट करदाताको सम्मान पाएको हो।
त्यस्तै रेमिटेन्समा सिटी एक्सप्रेस, मूअकर समयमा तिर्नेमा होङ्सी सिमेन्ट, ५० करोड भन्दा धेरै कारोबार गर्नेमा सोल्टी होटेल र विशेष उद्योग वरुण वेभरेज प्राली सम्मानित भएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस