डा. बैकुण्ठ अर्यालले राजीनामा दिएको चर्चा
काठमाडौं। राष्ट्रिय योजना आयोगमा दरबन्दी सारिएका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले राजीनामा दिएको चर्चा छ। भ्रष्टाचार मुद्दाबाट सफाइ पाएपछि राष्ट्रिय योजना आयोगमा हाजिर भएका अर्यालले राजीनामा दिएको चर्चा छ। तर, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
बैकुण्ठ आफू निकटवर्तीसँग राजीनामा दिने बताउँदै आएका थिए। विशेष अदालतमा सँगै भ्रष्टाचार मुद्दा लागेकाहरुसँग उनले राजीनामा दिने मनसाय प्रकट गर्दै आएका थिए। त्यसैले उनले राजीनामा दिएको हुन सक्ने प्रवल सम्भावना छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग बैकुण्ठलगायतलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा जाने निश्चित छ। उनीविरुद्ध अन्य भ्रष्टाचारका मुद्दा पनि तयारी हालमा रहेको अख्तियार स्रोत बताउँछ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस