“ट्रु डर्मा” विश्वका उत्कृष्ट २०० कम्पनीहरूको सूचीमा


काठमाडौं । युवा उद्यमी सुसान्त मुरारकाले नेतृत्व गरेको “ट्रु डर्मा” फोब्र्स इन्डिया डी ग्लोबलिस्ट डीजेम्स २०० मा छानिएको छ । २ सय उद्यामीमा नेपालबाट “ट्रु डर्मा” उत्कृष्ट कम्पनीहरूको नाममा समावेश गरिएको हो ।

२०२४ का लागि फोब्र्स इन्डियाको प्रतिष्ठित डी ग्लोबलिस्ट डीजेम्स २०० सूची सार्वजनिक गरेको छ । २ सय कम्पनीले उद्योगी र नाम दुवै परिवर्तन गरेका छैनन् । उनिहरुको काम र सेवाले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक प्रभाव छोडेको छ ।

उत्कृष्ट कम्पनीको सूचिमा परेको ट्रु डर्मा नेपालको एक अग्रणी स्किन केयर ब्रान्ड हो । यसले भारतको प्रतिस्पर्धात्मक बजारमा समेत आफ्नो विशेष छाप छाडेको छ ।

ट्रु डर्माको सस्थापक सुसान्त हुन । तन्नेरी युवाले  नेतृत्व गरेको ट्रु डर्माले अहिले राष्ट्र तथा अन्तराष्ट्रिय बजारमा विशेष स्थान बनाएको छ ।

ट्रु डर्माले नेपालमा उत्पादन भएका बस्तु भारतको बजारमा प्रवेश गरेर त्यहाँ आफ्नो उपस्थिति मजबुत बनाउनु एक ऐतिहासिक उपलब्धि भएको अधिकारीहरुले बताएका छन् ।

नेपालीहरुको छालामा देखिएको समस्यालाई समाधान गर्ने उदेश्यले ट्रु डर्मा सुरु भएको हो । गुणस्तरहीन वस्तुको विक्रि बितरण भएका बेला ट्रु डर्माले गुणस्तरमा सम्झौता नगरी ग्राहक केन्द्रित सेवा दिदै आएको छ । जसको फल स्वरुप आज २ सय कम्पनीहरुमा ट्रु डर्मा छानिन सफल भएको हो । अहिले ट्रु डर्मा नेपाल र अन्तराष्ट्रिय बजारको विश्वासिलो ब्रान्डको रूपमा स्थापित भएको छ ।

अधिकारीहरु भन्छन् ट्रु डर्माको डी ग्लोबलिस्ट डीजेम्स २०० मा समावेश हुनु यसको संस्थापकहरूको दूरदृष्टि, दृढता, र समर्पणको प्रमाण हो । अन्य उद्यमशील व्यक्तिहरूको लागि प्रेरणा स्रोत हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ