प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राष्ट्रपतिलाई बुझाए राजीनामा


काठमाडौं । प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारीले दिएको राजीनामा दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अधिकारीले पदबाट दिएको राजीनामा बुझाएका हुन्। अधिकारीले प्रतिनिधिसभाको सचिवबाट राजीनामा दिएका पुष्टि गरे। उनले स्वास्थ्य समस्याका कारण राजीनामा दिएको बुझिएको छ।

५ महिना अघि सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति पौडेलले अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्ति गरेका थिए। विद्यमान कानुन अनुसार अधिकारीले २ वर्ष प्रतिनिधिसभाको सचिवका रूपमा काम गर्न पाउथे। तर, उनले आधा कार्यकाल पनि नबिताई पदबाट राजीनामा दिएका हुन्। गत बैशाख १७ गते शिक्षा सचिवबाट अवकाश पाएका अधिकारी कोशी प्रदेशको लोकसेवा आयोग अध्यक्ष बन्ने चर्चा थियो । उनी लोक सेवातिर नलागी प्रतिनिधिसभाको सचिव बनेका थिए। संसद्को महासचिव बन्ने लाइनमा रहेका अधिकारीले सचिवबाटै राजीनामा दिएर हिँडेका हुन्।

कोशी प्रदेशको प्रमुख सचिव, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, संघीय मामिला तथा सामन्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायतका सचिव बनेर काम गरिसकेका अधिकारी निकै सरल प्रशासक हुन् । उनी समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने व्यक्तिका रूपमा परिचित छन् । अधिकारी संखुवासभाका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : ## सुरेश अधिकारी, #सचिव सुरेश अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ