पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ बने नेपाली कांग्रेसको कोषाध्यक्ष
काठमाडौं। पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ नेपाली कांग्रेसको कोषाध्यक्ष बनेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनित गरेका हुन्। कांग्रेसको कोषाध्यक्ष बन्नका लागि केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की र विनोद चौधरी पनि लागिपरेका थिए। तर, कांग्रेसको कोषाध्यक्षमा श्रेष्ठले बाजी मारेका हुन्।
भोजपुरमा जन्मिएका श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री हुँदा निकै चर्चामा आएका थिए। छोटो समयमै स्वास्थ्य क्षेत्र सुधारका लागि महत्त्वपूर्ण पहल गरेका श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्री हुँदा पनि समन्वयकारी भूमिका निर्वाह गरेका थिए। शिक्षासेवी श्रेष्ठ एक सफल व्यवसायी मात्र नभई सफल राजनीतिज्ञ बनेका छन्। श्रेष्ठ संविधानसभा सदस्यदेखि प्रतिनिधिसभा सदस्य हुँदै स्वास्थ्य राज्यमन्त्री बनेका थिए। अब श्रेष्ठ कांग्रेसको कोषाध्यक्षको रुपमा परिचित हुनेछन्।
क्याटेगोरी : समाचारट्याग : #उमेश श्रेष्ठ
तपाईको प्रतिक्रिया दिनुहोस