सहरी विकास सचिव गेलाल सरकारी सेवाबाट बिदा हुँदै


काठमाडौं। सहरी विकास सचिव मणिराम गेलाल सरकारी सेवाबाट बिदा हुँदैछन्। उनी आजबाट अनिवार्य अवकाशमा जान लागेका हुन्। २०७७ मंसिर २५ गते नेपाल इन्जिनियरिङ सेवाको सचिवमा बढुवा भएका गेलाल ५८ वर्षे उमेर हदका कारण घर जान लागेका हुन्। उनले करिब ४ वर्ष नेपाल सरकारको सचिव बनेर काम गर्ने मौका पाए।

दोहोऱ्याएर सहरी विकास सचिव बनेका गेलाल राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय पुननिर्माण प्राधिकरण, खानेपानी मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जल तथा उर्जा आयोगलगायतमा सचिवको भूमिकामा काम गरेको थियो। उनी सहरी विकास मन्त्रालयलाई ‘एक्जिट’ बनाएर सरकारी सेवाबाट बिदा हुने भएका छन्।

सहरी विकास मन्त्रालयमा आउन इन्जिनियरिङ सेवाका सचिवहरु दौडधुपमा लागेका छन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #मणिराम गेलाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ