लक्जरियस पाँचतारे होटल मेरियटमा स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा सुरु
काठमाडौं। नक्सालस्थित लक्जरियस पाँचतारे होटल मेरियटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ। बुधबार देखि सुरु भएको वार्षिक समीक्षा कार्यक्रम शुक्रबारसम्म चल्नेछ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको अध्यक्षतामा सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त वार्षिक समीक्षा कार्यक्रम पाँचतारे होटल मेरियटमा सुरु भएको हो। ३ दिनसम्म स्वास्थ्यको कुम्भमेला तारे होटलमा चल्नेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्र सिंहदरबारमा समीक्षा कार्यक्रम गरेका थिए। प्रधानमन्त्रीले सरकारी हलमा गर्ने यस्ता कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने तारे होटलमा गरेको छ ।
एनजिओको खर्चमा मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रम तारे होटलमा सुरु भएको हो। यसले स्वास्थ्यमन्त्रीको सुशासनको प्रतिवद्धताप्रति गम्भीर प्रश्न खडा भएको छ। उक्त समीक्षा कार्यक्रममा मन्त्रालय र मातहतका निकायका उच्च अधिकारीहरु सहभागी भएका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस