नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर  


काठमाडौं।   नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उहाँहरुको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । कायममुकायम परराष्ट्र अमृतबहादुर राईले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली ४ दिने औपचारिक भ्रमणमा सोमबार चीन प्रस्थान गरेका हुन्। चीनमा उच्चस्तरीय भेटवार्ता गरेर बिहीबार स्वदेश फर्किने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीसँग जम्बो प्रतिनिधिमण्डल अहिले बेइजिङमा रहेको हो।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत समेत गरेका छन्।

प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी हुनुहुुन्थ्यो । प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरुलाई परिचय गराएका थिए। चिनिया प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराएका थिए।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ