मानव-वन्यजन्तुबीचको द्वन्द्व घटाउन वनमन्त्री शाहीले के प्रयास गर्दैछन्?
काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास गरिरहेको बताएका छन्। अनुगमनका क्रममा पर्सा राष्ट्रिय निकुञ्जको पुगेका उनले आफूले मानव-वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास गरिरहेको बताएका हुन्।
पछिल्लो समय निकुञ्ज क्षेत्रभित्र रहेका वन्यजन्तु आहार खोज्दै गाउँ बस्तीभित्र छिर्न थालेपछि मानव र वन्यजन्तुको द्वन्द्व बढ्न थालेको मन्त्री शाहीको भनाइ छ। बाघ र जङ्गली हात्तीजस्ता ठूला जनावरलाई बाहिर बस्तीमा नआउने र मान्छेलाई जङ्गलभित्र नजाने व्यवस्था मिलाउन सके मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ उनको धारणा छ। पछिल्लो समय निकुञ्ज क्षेत्रभित्र रहेका वन्यजन्तु आहार खोज्दै गाउँ बस्तीभित्र छिर्न थालेपछि मानव र वन्यजन्तुको द्वन्द्व बढ्न थालेको उनको बुझाइ छ।
जंगल अतिक्रमण हुन थालेपछि मानव-वन्यजन्तुबीचको द्वन्द्व बढ्न थालेको वनमन्त्री शाहीले बताए। मन्त्री शाहीले भने, ‘जङ्गल जनावर हिँड्ने बाटो क्षेत्रतिर मानव बस्ती विस्तार हुने थालेपछि समस्या बल्झिँदै जान थालेको देखिन्छ। निकुञ्ज संरक्षण र क्षेत्रलाई समस्या होइन समृद्धिसँग जोड्न आवश्यक छ। त्यसका लागि प्रयास गरिरहेको छु।’,
वन्यजन्तुबाट क्षति व्यहोरेका स्थानीयले तत्काल राहत नपाउँदा वन्यजन्तुप्रति आक्रोश र आक्रमण गर्न थालेको भन्दै मन्त्री शाहीले पीडित पक्षलाई राहतको व्यवस्था तत्काल गरिनुपर्ने बताए। निकुञ्ज पर्यटन क्षेत्रको प्रमुख गन्तव्य भएकाले जल जङ्गल वन्यजन्तु जोगाउन सबैको कर्तव्य भएको मन्त्री शाहीको भनाइ छ। मन्त्री शाहीका अनुसार निकुञ्ज र वन क्षेत्रको समस्या समाधानको निम्ति मन्त्रालयले ऐन नियम संशोधन गर्न लागिपरेको छ। वन मन्त्रालय विकासको बाधक नबन्ने पनि उनले प्रतिक्रिया दिएका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस